छताछुल्ल माया

इनेप्लिज २०७१ माघ १ गते १:५० मा प्रकाशित

ram

जिन्दगी जीउंन चाहिने खुसीहरू प्राय: सबै हराएछु,
खोज्दै जांदा म आफै नै कता कता हराएछु ।
रन्कोमा उबड खाबड फड्किदै दौडेछु क्यार ,
फर्किने बाटो फेला नै परेन , चौबाटोहरुमा मोडिएछु क्यार ।
दुरी धेरै बढेछ, हर मोडमा एक अन्जुली माया थपिंदै गएछ ,
त्यसैले त मेरी प्रिय, तन भरी मन भरी तिम्रै तिम्रै माया छताछुल्ल भएछ ।

हजारौंको भिडमा तिमीलाई खोज्दा खोज्दै
हाट बजार र मेला नै उठेर सुनसान भई सकेछ ।
आकासका नौ लाखे तारा बिच , मेरी प्रिय तिमीलाई खोज्दा खोज्दै,
जुनेली रात पुरै त्यसै त्यसै बिती गएछ ।
मिरमिरे उषा किरणले बिहानी मात्र ल्याएछ ,
मेरो चाहतलाई भने निष्टुरीले उतै कतै छोडेर आएछ ।
चरा भए फुर फुर उढ्ने थिएं ,
हावा भए सिरेठोको जस्तै गतिमा चल्ने थिएं ।
अनि, खोज्ने थिएं मेरी प्रिय तिमीलाई,
पात पातमा डाली डालीमा, गाऊं सहर अनि बनपाखा र बस्तीमा ।

हरेक मिर्मिरे बिहानीले, केबल तिम्रो सम्झना मात्र लिएर आएछ ।
तिम्रो स्पर्षको जस्तो न्यानो पनको अनुभुती दिलाएछ ।
गोधुली सांझको मन्द मन्द सितल हावाले , तिम्रो सामीप्यको चाहना बढाएछ ।
पखेराको ढपक्क कुहिरो संगै, तिम्रो प्रतिबिम्ब मडारीएछ ,
तिम्रो माया मिसिएको साउने झरीको छिटा छिटाले, यो तन निथ्रुक्क भिजाएछ ।
त्यसैले त मेरी प्रिय, तन भरी मन भरी तिम्रै तिम्रै माया छताछुल्ल भएछ ।

 

 

प्रतिक्रिया