अशुभ हुन्छ भन्छन

इनेप्लिज २०७१ माघ १ गते २:०८ मा प्रकाशित

pic_prakash_nepal

अशुभ हुन्छ भन्छन

आकाशमा तारा खसे पछि
गौथली बसाई सरे पछि

अशुभ हुन्छ भन्छन

घरमा आगो सल्के पछि
छिमेकि चोर्न पल्के पछि

अशुभ हुन्छ भन्छन

मनमा पाप पसे पछि
बिश्वासमा सबै फसे पछि

अशुभ हुन्छ भन्छन

मान्छेमा लोभ पसे पछि
स्वार्थमा त्याग फसे पछि

अशुभ हुन्छ भन्छन

प्रेमको आस्था ढले पछि
जातपातका कुरा चले पछि

अशुभ हुन्छ भन्छन

अध्यारो दिन मै छाए पछि
रैतिले दुख पाए पछि

अशुभ हुन्छ भन्छन

आमाको शिर ढले पछि
खाडीमा चेली चले पछि

अशुभ हुन्छ भन्छन

अनिष्ट घरमा लागे पछि
बिदेशमा युवा भागे पछि

अशुभ हुन्छ भन्छन

नेताको वचन गिरे पछि
डाकाको दिन फिरे पछि

अशुभ हुन्छ भन्छन

आमाको शिर छले पछि
खाडीमा चेली चले पछि

कविता संग्रह ,राती फुल्ने फूलहरु बाट लिइएको

प्रतिक्रिया