नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टर को पिकनिक सम्पन्न

इनेप्लिज २०७१ माघ ५ गते २०:२९ मा प्रकाशित

लस एन्जल्स,जनवरी १८ । नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले लस एन्जल्समा आयोजना गरेको पिकनिक कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । अमेरिकाको विभिन्न राज्यबाट आउनुहुने व्यक्तिहरुको सहभागिता रहेको यस पिकनिक कार्यक्रममा ६५० भन्दा बढीको उपस्थिति रहेको आयोजकले जानकारी दिएका छन । उक्त कार्यक्रममा भाग लिनको लागि समितिका अध्यक्ष आनन्द बिस्ट, बरिस्ठ उपाध्यक्ष धनन्जय नरसिंग के.सी., उपाध्यक्ष धर्मराज श्रेष्ठ, महासचिव मुनिन्द्र नेम्वांग, नेपालि कांग्रेस महासमिति सदस्य बेद खरेल, नेपाल अमेरिका चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका सानुबाबु सिल्वाल, एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका केशब पौडेल,नेपाली समाज टेक्सस एवंम् ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष तथा एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका राम सी पोखरेल, नेपाल अमेरिका पत्रकार संघका छेत्रीय उपाध्यक्ष विकास राज न्यौपाने लगायत एनआरएन अमेरिका तथा स्थानीय संघ-संस्थाका प्रथिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नवनिर्वाचित जनसम्पर्क समिति अमेरिकाको पदाधिकारी तथा विभिन्न संघ-संस्थामा आबद्ध महानुभावहरुलाई पिकनिक कार्यक्रमका संयोजक मुकुन्द ढुंगाना तथा साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन पाठकले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा सम्पर्क समितिको तर्फबाट छोटो मन्तब्य राख्ने क्रममा महासचिव मुनिन्द्र नेम्वांगले केहि महिना अगाडि साउदर्न क्यालिफोर्निया च्याप्टरका मदन पाठकले, यस छेत्रमा पन्ध्र हजारभन्दा बढीको संख्यामा नेपालीहरु बसोबास गरिरहेको हुँदा कन्सुलर सेवाको शुरुवात गर्न अनुरोध गर्नु भएको थियो जुन कुरालाई जनसम्पर्क समिति केन्द्रको तर्फबाट समेत नेपाल सरकारसंग आवाज उठाई रहेको बताउनु भयो । सम्बोधनको क्रममा समितिका अध्यक्ष आनन्द बिस्टले लस एन्जल्सबासीहरुले सदैब एकताको संदेश दिनुभएको छ जस्लाई हामी असल शिक्षा र सन्देशको रुपमा लिएर जानेछौ भन्नुभयो ।
सोही अबसरमा भर्जिनियामा निधन भएका स्व. बिष्णुहरी भण्डारीको परिवारको सहयोगार्थ करीब ४०९० डलर संकलन गरिएको थियो । यस्तै बुद्द जन्मिएको देश नेपाललाई बिश्व शान्ती, भाइचारा तथा नेपालीहरुको पहिचान विश्वमाझ पुरयाउन एक जना उल्टो साईकल चलाउने बिरेश दाहाल र सुल्टो साईकल चलाउने बरुण अधिकारी र बजिन्द्र कुमार महराको सहयोगार्थ एनआरएन अमेरिकाको पहलमा ११०० डलर भन्दा बढी संकलन गरिएको थियो । पिकनिक स्थलमा एनआरएन अमेरिकाको सदस्यता प्रदान गर्नको लागि छुटै स्टल राखिएको थियो । सो अबसरमा १०० भन्दा बढी व्यक्तिहरुले सदस्य बन्नकोलागी फाराम भरेको जानकारी प्रदान गरिएको थियो ।
पिकनिकको बि-बिचमा बिबिध खेलकुद एबं मनोरंजनात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । विभिन्न कार्यक्रमहरुका बिजेताहरुलाई प्रमुख अतिथी आनन्द बिष्ट लगायत अन्य अतिथीहरुले प्रमाण पत्र तथा ट्रफी वितरण गर्नु भएको थियो ।

खेलकुद कार्यक्रममा भएका बिजेताहरु यस प्रकार रहेका छन;
म्युजिकल चियर
नानीहरुतर्फ- अनुषा भटराई
महिलातर्फ- सीता ढकाल
छेलो फ्याक्ने
आकाश नेम्वांग
हाँडी फुटाउने
महिलातर्फ- अन्जना बस्नेत
नानीहरुतर्फ- निर्भिक पाण्डे र प्रज्वल शर्मा संयुक्त रुपमा बिजयी
मेमोरी प्लस
पुरुषोत्तम पाण्डे र शान्तिराम ढकाल- प्रथम
धर्मराज श्रेष्ठ- दोश्रो
भलिबल
बाग्लुंग टिम-प्रथम
खेलाडीहरु-ओम कार्की, रमेश थापा,शैलेश श्रेष्ठ,बिक्रम थापा,प्रकाश कंडेल,चित्र भण्डारी,अनिल के.सी.,कृष्ण के.सी.
रस्सा-कस्सि
महिलातर्फ
नोरा कोइराला,सुभ गौतम,मौसमी पाठक,तुलसा कोइराला,निलम गुप्ता,गोमा अधिकारी,गोमा अधिकारी,निकिता पोखरेल,सीता प्रसाई,संगीता बिस्ट,शारदा श्रेष्ठको टिम- प्रथम
पुरुषतर्फ
भक्त नेपाल,विश्व सुबेदी,पिटर मोक्तान,युनिक सापकोटा,निकेश मैनाली,आयुष गिरि,अर्जुन सुबेदी,आर्यन पाठक,कुशल खत्री,आशुतोष ओली र डीयन थापाको टिम- प्रथम

-अग्नि चौलागाईं र बिकाशराज न्यौपानेबाट

प्रतिक्रिया