अमेरिकाका बुद्धिजीवी माघ ८ गते बारे यसो भन्छन

इनेप्लिज २०७१ माघ ६ गते १:१३ मा प्रकाशित

bj

संबिधान निर्माणको नाममा लामो समय सम्म बहसमा अमुल्य समय खर्च गरि सहमतिको गाँठो नेता तथा राजनैतिक दलले फुकाउन नसक्दा पुन: संबिधान आउन नसक्ने जस्तो पक्का पक्कि भएको छ l

स्वदेश तथा बिदेशमा रहेका नेपालीलाई संबिधान चहिएको छ l र ,यो बिना कल्पना गर्न पनि सक्ने अवस्था छैन l नेपाली जनताको धैर्यको बाध फुटी सकेको छ l एक कदम पनि अगाडी या पछाडी गई सहमतिको बिन्दुमा आउन नसक्नुले मुलुकलाई फेरी अनिर्णयको बन्दिमा धकेलिएको महसुस हुदैछ l

अब जनतालाई के जवाफ दिने ? तारिख माथि तारिख कहिले सम्म ? स्वदेश या बिदेशमा बस्ने स्वाभिमानी नेपालीले संबिधान हेर्न चाहन्छन ? को जिम्मेबारी हुन्छ ?

दुई दिन बाकी रहदा पनि झिनो आशा लिएर नेपाली जनता प्रतिक्षारत छन , र ,यिनै आशाको किरण पलाउछ कि भन्दै अमेरिकामा रहेका बुद्धिजीवीहरु यसो भन्छन l

वाशिंगटन डिसीमा बसोबास गर्दै आएका कानुन विद तथा अन्तर राष्ट्रिय विकास सम्बन्धि बिज्ञ विवेक पाण्डेलाई माघ ८ गते को बारेमा प्रश्न गर्दा उनले भने माघ ८ गते संबिधान बन्न सक्ने अवस्था छैन ,प्रक्रियाबाट पनि जान सकिन्छ l तर त्यो भएमा कसै लाई क्षणिक फाईदा होला तर त्यो समस्याको समाधान हैन भन्दै समय अझ लिएर भए पनि सबैलाई समेटेर बनाईएको संबिधानको औचित्य हुन्छ भने l

र, हामीले दिर्घकालिन रुपमा हेर्ने हो भने ,सबैको सहमतिबाट संबिधान बन्यो भने त्यो उत्तम हुने र दिर्घजीवि हुने बताए l

यसै गरि मिचिगन फेरिस स्टेट विश्व बिद्यालयका प्राध्यापक डा खगेन्द्र थापा भन्छन , थुप्रै प्रकारका मुद्धाहरु राजनैतिक दलमा हुने भएकोले स्पष्ट रुपमा सहमति खोजि संबिधान बनाउदछु भन्ने सोच्यो भने त्यो कहिले पनि हुन् सक्दैन l र संबिधान कहिले बन्ने सक्दैन l

र उनले भने संबैधानिक प्रक्रियाबाट जानु उत्तम हुन्छ भन्दै विश्व ब्यापी रुपमा बहुमत द्वारा नै निर्णय हुने हुनाले यसको कदर गर्दै प्रकियाबाट संबिधान जारी होस् भन्ने चाहना रहेको बताए l

र ,यसै गरि रेडियो दोभानका संस्थापक ,संचारकर्मी , अमेरिका नेपाल सोसाइटी तथा नेपाल अमेरिका पत्रकार संघका पूर्व सभापति नगेन्द्र पौडेलले स्पष्ट रुपमा भने हामीलाई संबिधान चाहिएको छ l संबिधान आउनु पर्छ l आफु सहमति या प्रकिया दुवै तर्फबाट आउनु पर्छ भन्ने मान्यता राख्ने भएकोले संबिधान माघ ८ गते नै आउने कुरामा आशाबादी रहेको बताए l

यसै गरि डिसी क्षेत्रमा लामो समय देखि बस्दै आउनु भएका दक्षिण एसियाका विशेषज्ञ तथा दक्षिण एसियामा सुरक्षा :आन्तरिक तथा बाह्य आयामका सह लेखक डा चित्र कृष्ण तिवारी भन्छन संबिधान माघ ८ गते आउन सक्ने वातावरण नदेखेको बताए l

र ,उदाहरण दिदै घर मूलीलाई वहालमा बस्ने मानिसले आफु बसेको घरमा केहि कमजोरी छ ,घर मिलेको छैन भनि केहि कुरा नया बनाउछु भनि घर मूलीलाई भन्दा के घरधनीले मान्ला भनि प्रश्न तेर्स्याए l

यो संबिधान बनाउनु भनेको पनि यस्तै हो भन्दै संबिधान निर्माणमा सबैको सहभागिता चाहिने हुन्छ l र ,सबैको सहभागिताबाट बनेको संबिधानको आयु लामो हुन्छ l तर प्रक्रिया अपनाई संबिधान आउछ भने त्यो जल्छ र च्यातिन्छ l यदि संबिधान जल्छ र च्यातिन्छ भने त्यसको कुनै अर्थ हुदैन l यो अवस्था सिर्जना नहोस् भन्नको खातिर सहमतीय बिन्दुमा पुग्नु पर्ने हुन्छ l

जनताबाट चुनिएर गएका सभासदको सहभागिता बिना नै संबिधान बन्छ भने त्यो कुनै राजनैतिक दललाई मान्य नहुने र त्यसको बिरोध हुने सम्भावना हुने भएकोले सहमतीय सहभागितामा जानु आवश्यक हुन्छ भन्ने बिचार राखे l

मुलुक संकटको भुमरीमा जकडिदै गै रहेको अवस्थामा सङ्किर्णवादबाट राष्ट्रलाई जोगाउन सबै राजनीतिक दलका नेता जिम्मेवार बन्नु पर्नेमा एकातिर छ भने जनतालाई लोकतान्त्रिक संविधान दिन सबै राजनीतिक दलहरुले लचकता अपनाई सहमती गरे संबिधान माघ ८ गते आउन अर्को आईतबार कुरी रहनु नपर्ला l

 shesh (1)

प्रतिक्रिया