क्यालिफोर्नियामा ल्होछार महोत्सव भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७१ माघ ६ गते ११:२९ मा प्रकाशित

r 1

गत जनवरी १७ तारिख ,तमुहरुको महान पर्व ल्हु- ल्हो ल्होछारको पवन अवशरमा अमेरिकाको रमणीय शहर सन् फ्रान्सिस्कोमा नर्देन क्यालिफोर्निया तमु समाजद्वारा ११ औ ल्होछार महोत्सव “रोधीघर ल्होछार साँझ” भब्य रुपमा हर्ष उल्लासको मनाइएको छ l गुरुङ समुदायको पौराणिक संस्कृति रोधी तथा मौलिक नृत्यहरुको संरक्ष्ण र बिकास गर्ने उदेश्यले मनाईएको उक्त उत्सबमा तामाङ्ग सेलो तथा राई संस्कतिका नृत्यहरुको दर्शकलाई भरपुर मनोरंजन गराएको थियो ।

संस्थाका अध्यक्ष जस गुरुङको अध्यक्षतामा आयोजित यस कार्यक्रमको मुख्य अथितीमा सियाटल तमु समाजकी अध्यक्ष सीता गरुङ्ग त्यस्तै बिशेष अतिथिमा गैर आवासीय नेपाली संघ अमेरिकाको जनसम्पर्क प्रवक्ता नारायण गुरुङ (पोर्टल्याण्ड) हुनु हुन्थ्यो ।

कार्यक्रमको पहिलो चरणमा, सभाध्यक्ष तथा मुख्य अथितिबाट संयुक्तरुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन पछि संस्थाकी कोषाध्यक्ष आँचल गुरुङ, कार्यक्रम संयोजक राज गुरुङ (घोताने), बिशेष अथिति नारायण गुरुङ तथा मुख्य अतिथि सीता गुरुङबाट ल्होछारको अशिमला शुभकामना संदेश दिनु भएको थियो l

सम्मान समारोहमा अचिभमेन्ट अवार्ड डा. टपराज गुरुङद्वारा सशी गुरुङलाई प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रमका बिशेष सौजन्यहरुलाई सभाध्यक्ष द्वारा खादा लगाई धन्यबाद दिनु भएको थियो l त्यहिँ समारोहमा नव आजीवन सदस्यहरुलाई खादा लगाउनुको साथै प्रमाण पत्र दिई सम्मान गरिएको थियो l समाजलाई आफ्नो नेतृत्व दिएर योगदान दिएका ​पुर्व अध्क्षयहरु क्रमस संस्थापक अध्यक्ष बिष्णु गुरुङ “एकता” अध्यक्ष भुपेन्द्र गुरुङ​,​अध्यक्ष गम गुरुङलाई खादा लगाई प्रसंसा पत्रले सम्मान गरिएको थियो ।

विश्वभर बसोबास गरिरहेको करिब एक मिलियन दश लाख तमुहरुको तर्फबाट साथै नर्देन क्यालिफोर्निया तमु समाजको तर्फबाट सभाका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष जस गुरुङ्गद्वारा ल्हु-ल्हो ल्होछारको अशिमला दिदै तमु संस्कृति नेपाली संस्कृति को अभिन्न अंग हो। जसको कदर, संरक्षण र बिकासमा सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए l

कार्यक्रमको दोस्रो चरणमा राज कुमार गुरुङद्वारा नृत्य निर्देशन गरिएको तमु मौलिक नृत्यहरु साथै अन्य गित नृत्यहरुले अतिथिलाई भरपूर्ण मनोरंजनका साथै रोधीघरमा बसेको तन्नेरी तन्नेरा बिचको दोहोरीले साच्चै नेपाली संस्कृतिको पहिचान दिईरहेको थियो। यस कार्यक्रममा भाग लिने कलाकारहरुमा अथिति कलाकार निसा सुनार, स्थानीय कलाकारहरु हितमान गुरुङ, दिपक गुरुङ, मार्ली दोङ्ग, सुरज गुरुङ, रसाङ्ग लामा, आयुष्मा मल्ल, ज्योती दोङ्ग, साक्षी चालिसे, ओसिन बुढाथोकी, अनुष्मा महर्जन, संगीता गुरुङ, सफल गुरुङ, बिनिता राई, निरु राई, सरु संबा राई तथा मोहन गुरुङ रहेका थिए।

कार्यक्रम संचालन संगीता गुरुङ र नैना गुरुङले गरेका थिए भने नेपाली खानाको व्यवस्था उर्बन करी ​ब्रोडवे ​ले गरेका थिए। उक्त कार्यक्रममा सेलरोटी र अचार स्पोन्सर गरेर संस्थालाई योगदान दिनेहरुमा चन्द्र गुरुङ, भेष कुमारी गुरुङ, अर्चना गुरुङ, जसुदा गुरुङ, काशी गुरुङ, सुनिता थापा, गोमा अधिकारी लिम्बु र संगीता गुरुङ ​थिए l

करिब पाँचसय अतिथिहरुको सहभागिता रहेको यस रोधीघर ल्होछार साँझमा गुरुङहरु सहित गैर गुरुङ सहभागिताहरु पनि गुरुङ भेषभुषामा सजिएर हल नै ढक्कमक्का कतै लालीगुराँस फूलेको भान जस्तो देखिन्थ्यो। यस किसिमको मौलिक सांस्कृतिक कार्यक्रमले नेपाली संस्कृतिको संरक्ष्ण र बिकासमा देवा पुग्नुको साथै नेपाललाई संस्कृतिको धनि देश भनेर विश्व सामु चिनाउँन ठुलो भूमिका खेल्नेछ यसमा कुनै दुईमत छैन।

r 7    r6

r5r 1

r 2

k

प्रतिक्रिया