अर्घाखाँचीमा आरोग्य र पतञ्जलिको संयुक्त वनभोज कार्यक्रम सम्पन्न

इनेप्लिज २०७१ माघ ७ गते ०:०८ मा प्रकाशित

1656442_1697999363759942_3250292343171507791_n
सन्धिखर्क, अर्घाखाँची,
ूनियमित योगासन र खानपानमा ध्यान पुर्याऔ, सकारात्मक सोंचका साथ स्वस्थ जीवन विताऔंू भन्ने अभियानका लागि सन्धिखर्कमा आरोग्य योग केन्द्र अ.खा.र पतञ्जलि योग समिति अ.खा.को संयुक्त आयोजनामा एक भब्य र नमुना खालको वनभोज कार्यक्रम सम्पन्न गरिएको छ ।
वनभोजमा कुनै माछा मासु होइन ,शाहाकारी परिकार, अर्गानिक तरकारी मा रमाउँदै सहभागीहरुले आफु स्वस्थ भई आफ्नो वरिपरिको समाज पनि स्वस्थ र शान्त बनाउने, आपसमा सद्भाव बढाउने,म र मेरो होइन हामी र हाम्रो समाजलाई सपारा ैंभन्ने उद्देश्यले आयोजना गरिएको वनभोजमा हाम्रै गाउँघरमा भएका बहुमूल्य जडीबुटी पहिचान गर्न नसकेर औषधीमा थुप्रै धनराशी खर्च हुने गरेको बताउँदै जडीबुटी संरक्षण गर्ने अभियान चलाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । पतञ्जलि योग समितिका अध्यक्ष के.एल. शर्माको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.पुष्पराज पौडेलको प्रमुख आतिथ्यता आरोग्य योग केन्द्रका सदस्य विजुला रायमाझीको संचालनमा सम्पन्न कार्यक्रमका अतिथिहरु पतञ्जलि योग समिति के. सदस्य शान्ता खत्री,समाजसेवी जनार्दन खनाल ,उ.वा.महासँघ के. सदस्य कृष्णप्रसाद श्रेष्ठ,उ.वा. सँघ जिल्ला महासचिव नेत्रप्रसाद भुसाल,सन्धिखर्क खानेपानी उपभोक्ता समिति अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ , आरोग्य योग केन्द्रका अध्यक्ष हिमबहादुर जि.सी ,ठाकुर श्रेष्ठ,लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रमका प्रमुख अतिथिले स्वस्थ स्वच्छ आहारविहार रआयुवेदीय चिकित्सा पद्धतिेको बारेमा जानकारी गराउँदै समाजमा हुने गरेको महिला हिंसा कम गर्न महिलाहरुलाई गर्ववती अवस्थाबाटै पौष्टिक आहार दिन सके जन्मने बच्चाबच्चीको मष्तिष्क मजबुद हुने र पढाइका साथै हरेक क्षेत्रमा सक्षम हुन्छन् र हिंसामा पर्नु पर्दैन भन्दै आफ्र्नै गाउँघरमा पाइने कुरिलो लगायतका महत्वपूर्ण जडीबुटीहरुलाई संरक्षण र व्यबस्थित गर्न सुझाव दिनुभएको थियो ।

 

12

प्रतिक्रिया