एनआरएन अमेरिका टाउनहल मिटिङ

इनेप्लिज २०७१ माघ ८ गते ०:१५ मा प्रकाशित

IMG_3625

एनआरएन अमेरिका टाउनहल मिटिङ अन्तर्कृया कार्यक्रम
कनेक्टिकट

जनवरी १८ , २०१५
एनआरएन अमेरिका टाउनहल मिटिङ गरी सदस्यता बढाउने अभियानकै शिलशिलामा कनेक्टिकटको हार्डफोर्डमा एक भब्य कार्यक्रम सम्पन्न भएको छ। एनआरएन अमेरिकाका बोर्ड सदस्य लक्ष्मी प्रशाद बजगाइको पहलमा स्थानिय संस्था कनेक्टिकट नेपाली समाजसङको साझेदारिमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा घनश्याम खड्काले समय एनआरएनको सदस्य बन्ने बेला भएको बताउनुभयो। स्थानिय राज श्रेष्ठ, दिपा खाडीवडाले सदस्य बन्नको लाघी सहयोग अगर्नुभयो।

IMG_3591

बोस्टन
जनवरी १८
एनआरएन अमेरिकाले स्थानिय पशुपती फाउन्देशान, लाइन्स क्लब, नेवा गुठी सँग मिलेर टाउनहल मिटिङ सम्पन्न गरिएको छ। एनआरएन अमेरिकाका उपाध्यक्ष श्री पराजुलीले सम्योजन गर्नुभएको सो कार्यक्रमा सदस्य सरोज श्रेष्ठ र एनआरएन का गत निर्वाचनका उम्मेद्वार द्वोय मिलन शाही तथा सत्यन्द्र शाह समेत उपस्थित हुनुहुन्थ्यो।

cccc

सान फ्रान्सिस्को
जनवरी १७
एनआरएन समेरिका सदस्यता अबिब्रिधी तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो। कृष्ण के.सी मिडिया कोअर्डिनेटरद्वारा मोडरेट गरिएको कार्यक्रमका मुख्य अतिथी, एनआरएन अमेरिका सल्लाहकार डा केशब पौडेल हुनुहुनथ्यो। एनाआर्एन अमेरिकाका पब्लिक रिलेशन अफिसर तथा प्रबक्ता नारायण गुरुङ, बोर्ड अफ डाइरेक्टर बैकुण्ठ खनाल तथा सल्लहाकर डिल्ली भट्टराई ले बिभिन्न बिषयमा कुरा राख्नु भयो। स्थानिय माज्यजन संस्था प्रमुख तथा सर्ब साधारण ब्यक्तिहरुको उपस्थिती थियो। बिशेषगरी सदस्यता बढाउनको लागि बनाइएको स्थानिय कमिटीका पियुस दाहाल, अमृता राणा, ज्ञानदिप लामा, नारायण खनाल, उत्तम कार्की, नुरेन बराल लगायत १०० जन भन्दा बडी ब्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो।

bbbb

लस एन्जलस

जनवरी १८

जनसंपर्क समिती साउदर्न क्यालिफोर्नियाद्वारा आयोजना गरिएको पिक्निक कार्यक्रममा एनआरएनको सदस्यताको बितरण सेवा पनि उपलब्ध गराउदै १०० सदस्य बनाउन सफल भयो। एनआरएन अमेरिकाका सह सचिब दिल श्रेष्ठको संयोजनमा उमा कार्की थापा- महिला कोअर्डिनेटर, बलराम र बैकुण्ठ खनाल – बोर्ड सदस्य तथा आइसिसी सदस्य राजेन्द्र सिवाकोटी, सल्ल्हाकर कृष्ण कोइरालाका साथमा मेडिया कोअर्डिनेटर कृष्ण के.सी समेतले सेवा प्रदान थियो। फर्म भर्न बिश्व साइकल यात्राि द्वोय उल्टो साइकल चलाउने बिरेश दाहाल र सुल्टो साइकल चलाउने बरुण अधिकारीले सहयोग पुर्‍याउनु भएको थियो।

a

प्रतिक्रिया