चन्द्रगढीमा झडप, दर्जनौं घाईते

इनेप्लिज २०७१ माघ ८ गते ९:०४ मा प्रकाशित

jhadapचन्द्रगढी , ८ माघ । झापाको सदरमुकाम चन्द्रगढीमा जिल्ला प्रशासन कार्यलय घेराउ गर्नका लागि पुगेका आन्दोलनरत एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।

झडपमा एमाओवादीका जिल्ला अध्यक्ष धर्मशीला चापागाइ, सदस्य गगन पुरी, राम लुइटेल , संघीय समाजवादीका जिल्ला अध्यक्ष धिरेन लावती, गंगा रायमाझी, लिम्बूवान पार्टी नेपालका संघर्ष समिति संयोजक सञ्जुहाङ पालुङवा लगायत डेढ दर्जन नेता कार्यकर्ता घाइते भएका हुन् ।

उनीहरुको उपचारका लागि अस्पताल भर्ना गर्ने क्रम चलिरहेको मोर्चामा सहभागि संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष दिपेनवाला राईले जानकारी दिए । उनले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम अनुसारनै तय भएको आन्दोेलनमा प्रहरी दमन भएको आरोप लगाए ।

प्रतिक्रिया