संवादबाट सहमति गर्न एमाओवादीको आग्रह

इनेप्लिज २०७१ माघ ८ गते १४:०४ मा प्रकाशित

giriraj-mani-pokhrelकाठमाडौँ, ८ माघ । वार्ता र संवादको माध्यमबाट सहमति कायम गरी जनताका माग र देशको आवश्यकतासँग मेल हुने गरी संविधान जारी गर्ने प्रयास थाल्न सम्बन्धित पक्षसँग एकीकृत नेकपा माओवादीले आग्रह गरेको छ ।

एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधानसभा भवनमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै संविधान बनाउने प्रयास आजै प्रारम्भ गर्न त्यस्तो वार्ता र संवादको थालनी हुनुपर्ने बताउनुभयो ।  सत्तारुढ दलले आफ्नो दल र त्यसमा आबद्ध मधेसी मोर्चाले गरेको संवाद र सहमतिको प्रयासलाई अस्वीकार गरेकामा आपत्ति प्रकट गर्दै उहाँले आज बिहान संविधानसभा परिसर प्रवेशमा गरिएको व्यवहार आफूहरूलाई मान्य नभएको दोहोर्‍याउनुभयो ।

नेपालको अन्तरिम संविधान, २०६३ को मर्म र भावनानुसार नेपाली जनताको माग र आकाङ्क्षाबमोजिम सहमतिमा संविधान बनाउनाको विकल्प नरहेको उहाँले स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया