रुपान्तरण

इनेप्लिज २०७१ माघ ८ गते २३:५७ मा प्रकाशित

dr mohan joshi

झुसिल्किराले आफुलाई जोगाउन खोजे
पुतलीले जन्मन नपाउने रहेछ ,
बीउले आफुलाई बचाउने सोचे
बिरुवाको अङ्कुर नहुने रहेछ l

म झुसिल्किरै भएर अड्किरहेछु ,
बिउको बीउमै बन्द भएछु l
पुतलीको उडान गुमाईरहेछु
बिरुवा हुनबाट बन्चित भएछु l

बिस्तारै बिस्तारै थाहा पाउदै छु ,
म रुपन्तरंदेखी डराउदै छु ,
आफुलाई बचाउदै छु ,
तिमीलाई गुमाउदै छु l

कहाँ छ ठाउँ कविता संग्रह बाट लिइएको हो

प्रतिक्रिया