मन दुखेको छ, देश रोएको छ |

इनेप्लिज २०७१ माघ १० गते १०:४८ मा प्रकाशित

raja ghale

संबिधान आउँछ भन्थे, आएन
संबिधान बनाउँछौं भन्थे, बनाएनन्
आज माघ ८ गते
त्यसैले मन दुखेको छ, देश रोएको छ |

डाको छोडेर त्यसै त्यसै रुन पनि सकिएन,
छातीभित्रको दुखाइ धुन पनि सकिएन
नेता छानी पठायौं विश्वासमा परेर
देशको भलो गर्लान भन्ने भरोशा गरेर
न मेरो बिश्वास काम लाग्यो, न मेरो भरोशा नै जाग्यो
आज माघ ८ गते
त्यसैले मेरो मन दुखेको छ, देश रोएको छ |

गल्ति उसको मात्रै होइन मेरो पनि छ
किनभने असल मान्छे चुन्न नसक्नु मेरो गल्ति हो
नेतालाई मात्रै के दोष दिनु?
इमान्दार नेता छान्न नसक्नु मेरो भूल हो |
जसका कारण आज देशभरि नै सन्नाटा छायो
जनताको बलिदानले ल्याएको प्रजातन्त्रमा प्रश्नचिन्ह आयो |
आज माघ ८ गते
त्यसैले मेरो मन दुखेको छ, देश रोएको छ |

सारा संसारको यौटै प्रश्न छ आज नेपाललाई,
खोइ तिम्रो संबिधान ?
जवाफ छैन कसैसंग, म पनि अवाक छु |
नेताहरुको बोक्रे धाक-रवाफले बिजोक बनायो
बोलुं खै के बोलुं ? म त सत्ते नाजवाव छु |
आज माघ ८ गते
त्यसैले मेरो मन दुखेको छ, देश रोएको छ |

प्रतिक्रिया