म्यासाच्युसेट्सका राष्ट्रवादी नेपालीहरु संगठित

इनेप्लिज २०७१ माघ १० गते २०:५६ मा प्रकाशित

 

RPP
म्यासाच्युसेट्स। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट प्रवाशी नेपाली एकता समाजले अखण्ड नेपाल र सनातन हिन्दु धर्मको रक्षार्थ अमेरिकामा बस्ने नेपालीहरुलाई संगठित गर्ने अभियानमा अन्तर्गत म्यासाच्युसेट्सका नेपालीहरु संगठित भएका छन् । यस अघि भर्जिनिया, मेरिल्याण्ड, न्यूयोर्क, लसएन्जलस लगायत अमेरिकाको ९ राज्यका नेपालीहरु अखण्ड नेपाल र सनातन हिन्दु धर्मको रक्षार्थ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट प्रवाशी नेपाली एकता समाजमा संगठित भैसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विदेश बिभाग प्रमुख प्रेम कुमार श्रेष्ठको उपस्थितिमा गत बिहिबार २२ जनवरीका दिन राजेन्द्र शेरचनको अध्यक्षतामा १५ सदश्य प्रवाशी नेपाली एकता समाज म्यासाच्युसेट्स शाखा तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिमा खड्क सिंह भट्टचन उपाध्यक्ष, निर्मल शेरचन सचिव, रंजन थापा सह सचिब, जीवन श्रेष्ठ कोषाध्यक्ष, र सदश्यहरुमा सबिन बस्नेत, राजाराम मल्ल, प्रेम चौलागाईं, सरिता पाण्डे, कृष्ण महत, सुदिप केसी, निरन्जन खनाल, प्रकाश राणा, केशव श्रेष्ठ, अनु शाह रहेका छन् भने सल्लाहकारमा जया शाह र किरण खड्क रहेका छन् ।

RPP 2
नवगठित प्रवाशी नेपाली एकता समाज म्यासाच्युसेट्स च्याप्टरका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका युवा नेता राजेन्द्र लिङ्ग्देनले दलहरु र देश १२ बुदे मार्फत संकटको भुमरीमा फसेको बताउदै देशलाई निकास दिने र अखण्ड नेपालको भबिष्य सुनिस्चित गर्ने एक मात्र बाटो जनमत संग्रह भएको बताए । भेलालाई सम्बोधन गर्दै नेता लिङ्ग्देनले अबिलम्ब जनमत संग्रह घोषणा गरेर देशलाई राजनीतिक निकास दिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरे । RPP 3भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विदेश बिभाग प्रमूख प्रेमकुमार श्रेष्ठले भने दोस्रो संबिधानसभाबाट समेत संबिधान नआउने अवस्था निर्माण हुनुको मूख्य कारण प्रमुख राजनीतिक दलहरुको नालायकी भएको र देश तेस्रो जनाअन्दोलन तर्फ उन्मुख रहेको र तेस्रो जनाअन्दोलनले संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापान गर्ने दावी गरे । श्रेष्ठले अमेरिकाको सबै राज्यमा संगठन विस्तारगरी निकट भबिष्यमै प्रवाशी नेपाली एकता समाज अमेरिकाको अधिबेशन गरिने जानकारी दिए । भेलामा तदर्थ समितिका अध्यक्ष राजेन्द्र शेरचनले नयाँ कार्यसमिती अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्दै मातृभूमिको रक्षार्थ क्रियाशील रहने बताए । भेला तदर्थ समितिका अध्यक्ष राजेन्द्र शेरचनको सभापतित्वमा सम्पन्न भएको थियो ।

RPP 3

प्रतिक्रिया