तमु प्ये ल्हु संघ कुवेतको माघी पर्व सम्पन्न

इनेप्लिज २०७१ माघ ११ गते १५:३९ मा प्रकाशित

DSC05458-300x199

मनोज मनसून / कुवैत
गत शुक्रबार ” तमु प्ये ल्हु संघ, कुवेत शाखा” ले कुवेतको Jaleeb Abbasiya शहर स्थित Hi-Dyne Indian Restaurant मा तमु संस्कार र संस्कृति अनुरुप माघे सक्रांती, मा ङिँ पर्व ( मा=मा, आम | ङिँ=७) चेलीबेटी लाई माना चामल दिने भोज खुवाउने (रिँ चमे/च्हामी लाई सि म्हन पिँव स्यो कैँ चल पिँव) कार्यक्रम भब्य रूपमा सम्पन्न भयो। कार्यक्रमको लागि संघका कर्मशिल र लगनशिल तमु दाजुभाइहरु संघमा आवद्ध गैर तमु दाजुभाइ हरुले भित्तामा चेलीबेटी भोज कार्यक्रमको ब्यानरको साथै अन्य तमुहरुको संस्कार र संस्कृति झल्काउने खालको तस्वीरहरु विभिन्न फूलहरु, विद्धुत्तीय बत्तीहरु, क्होइवोको प्रतिमुर्ति तथा तमु संस्कार र संस्कृति अनुसारको आवश्यक सामाग्रीहरुले मन्चलाई सजाएर झकी झकाउ बनाएका थिए ।

कार्यक्रमको सुरुवातमा प्रमुख सल्लाहकार क्या कुल प्रसाद तमु तथा छ्योमान तमु दुवैलाई पच्यु खेगी ईन्द्र प्हच्यु तमुले ७ माताको सम्झनामा ७ गोटा मैन बत्तीमा दिप प्रज्वलन गर्न अनुरोध गरेपछि सामुहिक रूपमा कार्यक्रम उद्घाटन गरिएको थियो । पच्यु खेगी ईन्द्रले माघे सक्रान्तीमा चेलीबेटीलाई माना चामल दिनुको विषयमा प्रष्ट परेका थिए संघको माइतीहरुको तर्फबाट संघको चेलीबेटी हरुलाई प्रमुख सल्लाहकार क्याकुल प्रसाद तमु, सल्लाहकार नरजित तमु, सल्लाहकार अमर तमु, सल्लाहकार गोपाल तमु र अध्यक्ष छ्योमान तमुबाट सामुहिक रूपमा तमु संस्कार र संस्कृति अनुसारको थलिमा १ माना चामल, मासको दाल, बेसार नुन, तरुल र सखरखन्ड र भेटी महिला बिभागकी अध्यक्ष तथा संघ कि सह-महासचिव उमा तमुस्यो, सदस्य जुना तमुस्यो मिना त्स्मुस्यो सुमि तमुस्योलाई स-सम्मान हस्तान्तरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि तमु प्ये ल्हु संघ, यु.ए.ई का अध्यक्ष एकाजङ्ग तमु रहेको उक्त कार्यक्रममा संघका साँस्कृतिक बिभागका कलाकारहरुले गुरुङ, एकल तथा हाँस्य नृत्यहरु प्रस्तुतगरि चेलीबेटी र उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा सल्लाहकार हरुबाट सदस्यता कार्ड ( Membershil Card) को वितरण र संघ लाई साँस्कृतिकक्षेत्र बाट, र अन्य क्षेत्रबाट दत्तचित्त भै सहयोग गर्ने ब्यक्तिहरुलाइ पच्छौरी र सम्मन पत्र द्वारा सम्मान गरिएको थियो ।

सम्मानकै क्रममा तमुहरुको धर्म,संस्कार र संस्कृति बारे र तन, मन, धन,भौतिक, बौदिक र बैचारिक रुपले दत्तचित्त चित्त भै तमु एकताको लागि योगदान दिएको भन्दै ताङतिङ गाउँ (तोने/तोंती नाँस) मुलघर भइ पोखरा निवासी हाल Dubai UAE मा कार्यरत “तमु प्ये ल्हु संघ, यु ए इ” का संस्थापक अध्यक्ष एकाजङ्ग तमुलाई “तमु प्ये ल्हु संघ,कुवेत ” शाखाको तर्फबाट प्रमुख सल्लाहकार क्या कुल प्रसाद तमु, सल्लाहकार नरजित तमु, अध्यक्ष छ्योमान तमुबाट सल ओढाइ र सम्झना स्वरुप मायाँको चिनो उपहार प्रदान गरि सम्मान गर्नुका साथै अध्यक्ष एकाजङ्ग तमुलाई तमु प्ये ल्हु संघ, कुवेत आमा समूहको तर्फबाट महिला बिभाग की अध्यक्ष उमा तमुस्योले सम्झना स्वरुप मायाँ चिनो उपहार दिएका थिए भने यस पटक तमु प्ये ल्हु संघ, कुवेतको Membership Card प्राप्त गर्नुहुने पुरुष सदस्य हरुको तर्फबाट संघका प्रत्येक चेलीबेटी हरुलाई Holland को लुङ्गी उपहार दिइ कुवेतमा तमु परम्परालाई निरंतरता दिने बचन दिएका थिए ।
कार्यक्रममा अध्यक्ष एकाजङ्ग तमु, क्या कुल प्रसाद तमु ज्युले छोटो मन्तव्य दिंदै सबैलाई माघी तथा चेलीबेटी भोजको सुभकामना दिएका थिए कार्यक्रममा सम्पुर्ण होटेल भाडा, र खानाको प्रायोजन सल्लाहकार समिति संस्थापक प्रमुख सल्लाहकार क्या कुल प्रसाद तमु, संस्थापक सल्लाहकार नरजित तमु, संस्थापक सल्लाहकार अमर तमु, संस्थापक सल्लाहकार गोपाल तमुले गरेका थिए भने कार्यक्रमको संचालन भिम तमु र डम्मर तमुले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया