बाहुनक्षेत्रीलाई गाली गरेर नत बाहुनबादको अन्त्य हुन्छ नत पहिचान प्राप्त हुन्छ :

इनेप्लिज २०७१ माघ १३ गते ०:४० मा प्रकाशित

IMG_0148

नेपाली समाजका कुनै पनि जातिका व्यक्ति यदि शिक्षित प्रतिष्ठित छन भने बाहुन कहलिन्छन र तिनै व्यक्तिहरुबाट परिस्कृत शोषण नै बाहुनबाद हो भन्ने मेरो बुझाइ रहेकोछ ,चाहे ति जातिहरु बाहुन नभएर नेवार ,सार्की , दमाइ ,राई , गुरुङ या त अन्य दलित वा शोषण उत्पीडनमा परेका कुनै पनि जाति नै किन नहुन, तिनीहरु शिक्षित भएर उपल्लो ओहदामा पुग्छन र शोषण गर्न थाल्दछन किनकि ति व्यक्तिहरु आँफुलाइ दलित शोषित ,उत्पीडित र जनजातिको आवरणमा सधै शोषण गर्न आनन्दित अनुभूत गर्छन अनि गालि गर्छन बाहुन भनेर र भुल्दछन म पनि यहि समाजको एक त्यस्तो सदस्य जो बाहुन क्षेत्रीहरुलाई गालि गर्दै बाहुनबादको पृष्ठपोषण गरिरहेको छु भन्ने कुरा l

प्रशंग ,आज पढेको विदुषी ढुंगेलले लेख्नु भएको लेख बाहुन क्षेत्री पहिचानको फेरहिस्त , मलाइ निकै घत लाग्यो र एक आशिष शर्माको प्रतिक्रियाले पनि धेरै मन छोयो त्यसैले उक्त प्रसङ्गमा चाहना नहुदा नहुदै पनि केहि कोर्न आवस्यक अनुभूत गर्दै दुइ शब्द कोर्दै छु आशा छ मेरो यो अनुभूतिहरु पाठकवृन्दहरुबाट स्विकार हुनेछ l

हुनत विश्वका बिकशित देशहरुका लागि संसार लगभग २१औ शताब्दीतिर पदार्पण गर्ने तयारि सहित चन्द्रमामा अवतरणगर्ने तर्फ उन्मुख भै सकेका छन् तर हाम्रो मुलुक २१औ शताब्दि त के २० औ पनि होइन १९ औ शताब्दि तिरै जंगलमा अझै पनि भौतारी रहने स्थिति सिर्जना भएको छ , देशमा राजनेताको अभाबका कारण , हामि सोझा जनता तिनै जंगलमा भौतारिन बाध्य बनाउने बाहुन नेता कै पछि दौडी रहेका छौ पहिचानको खोजीमा अनि बिर्सिरहेकाछौ आफ्नो पहिचान खोज्न बाहुन नेताहरुकै पछाडी दौडिरहेका छौ भन्ने कुरा l

आश्चर्य लाग्दछ !!! यदि संच्चैनै आफ्नो पहिचान खोज्ने हो भने बाहुन नेताको बैशाखी टेकेर होइन आफ्नै खुट्टामा उभिएर आफ्नै नेतृत्वमा अगाडी बढ्न जरुरि छ अन्यथा आफ्ना जातिय पहिचान खोज्ने हाम्रा दाजुभाईहरु यौटा पाशाखेलको गोटी मात्र हुनेछन बाहुन नेताहरु सधै तिमीहरुलाइ खेलाई रहनेछन त्यसैले जातियताको राजनीति जातिय उत्थान , पहिचानका लागि गर नकि फोहरी राजनीतिका र राजनीतिज्ञहरुको लागि l

मेरो बाउको सरकारी जागिरको क्रममा कोशी अञ्चलको भोजपुर जिल्लामा जन्मिएको म यौटा बाहुनबादको परिभाषा भित्रको एक बाहुन पात्र तर यो बाहुनका बाउले दुइटाजात यौटा धर्म र समाज सेवा बाहेक कहिले पनि सिकाएका थिएनन् त्यसैले होला मेरो तल्लो घरमा बस्ने टिकाराम विश्वकर्मा मेरा काका थिए l

पुरानो बजारका राजकुमार परियार मेरा दाई थिए अनि मेरो भोजपुरका राई थरका काका काकी फुपु हजुरबुवा हजुरआमा थिए , मेरा मित दाई गुरुङ , अनि मेरो घर छिमेकि दाजु पाइम (लिम्बु ) थिए मेरो खेतीमा हजुरबुवा लाइ सघाउने मगर कान्छा दाई हुनुहुन्थ्यो भने सार्की माल्दाइ र नेवार जेठा मेरो सहोदर काका जस्तो हुनुहुन्थ्यो पल्लो घर राई दाइ भाउजुहरुको थियो वहाहरु मेरो बुवा आमा समान र मैले माया पनि आफ्नो बुवाआमा समाननै पाउँथे वहाहरुबाट , मैले कहिले पनि वहाहरु बाट नराम्रो पाइन नत मैले नै नराम्रो गरे किनकि हामि एक परिवार थियौ त्यो परिवारमा शोषित पींडित जनजाति भनिएका सबै सदस्य थिए तर पनि कहिले त्यहा बाहुनबादको छाया परेन , मेरा बाउले दिएको शिक्षाको मन्त्रले पनि होला म मा पनि कहिले न त धर्मको गन्ध आयो नत जातपात र छुवाछूत को गन्ध नै, न बाहुनबादको आडमा सामन्ती सोचनै l

तर आज मलाइ धेरै दुख र मर्माहत तुल्याएको छ यो बाहुनबादको सन्दर्भले किनकि मैले हिजो अस्तिसम्म काका भनेर पूजेको मेरो शिव राई (काका ) वा टिकाराम बिश्वकर्मा काका वा राजकुमार परियार दाई या मेरो अर्को घर अगाडिको च्याङ्गबा दाई यता मेरै ससुरा ,सालाहरु संग पनि डराउनु पर्ने बाताबरणको सृजना गरिएकोछ, ससुरा लाई बुवा भनेर जाँदा तँ बाहुन कसरि म तेरो बुवा भए म नेवा राज्यको मान्छे भनेर भन्लान भन्ने डर मैले सधै आशिर्बाद प्राप्त गर्ने मेरो शान्त प्रधान (काका) अलास्का बस्ने क्रममा मेरा आत्मिय परिवार भनेका गुरुङ काका काकी , तामांग दाजु भाउजु मेरा गुरुङ बहिनीहरु मेरी छन्त्याल बहिनि ज्वाई लगायत !

शिव काका लाईकाका भन्न जाँदा पनि त्यस्तै हुने हो कि खेति का कान्छा मगर दाजु या त सार्की माल्दाई सबै संग त्रशित हुनु पर्ने बाताबरणको सृजना भएकोछ त्यसैले म विदेशमा बसेको सम्पूर्ण नेपालीहरुको छोरो , भाई , दाजु , भतिज साथिको मेरो नाता लाइ बाहुनबादको नाममा टुक्र्याउने अधिकार कसैलाइ छैन र मेरो नाता अहिले पनि जस्ताको तस्तै रहेको व्यहोरा निबेदन गर्दै पहिचान खोज्ने नाममा भएको पहिचानलाइ पनि कायम राख्दै कुनै बाहुननेताको पछाडी नलागी स्वस्फुर्त ढंगले आफ्नै नेतृत्वमा खोजौ बाहुनको बिरोध नगरौ किनकि त्यो बाहुन भित्रका निरिह , दलित अनि शोषितहरुको अपमान हुनेछ र बाहुनबाद हरेक जनजातिमा हाबीहुने बिषय भएकोले बाहुनबादको बिरोध गर्न नछोडौ त्यो बिरोधको झन्डा बोक्ने एक म बाहुन पनि हुनेछु भन्दै ,

अन्त्यमा कसैको बैशाखीमा टेकेर वा कुनै बाहुन नेताको पुच्छर समाएर राजनीतिको फोहरी खेलमा जाकिदै पासाको गोटी भएर पहिचान पाउछु भन्ने भ्रममा पर्दै बाहुन ,क्षेत्रीलाइ गाली गरेर बाहुनबादको अन्त्य साथै पहिचान प्राप्त गर्न समेत असम्भब रहेकोले कसैलाई गालि गलोजेको भरमा पहिचान प्राप्त हुदैन भन्ने कुरा लाई समेत मनन गर्न जरुरि रहेकोछ भन्ने मनसाय सहित कलम बन्द गर्ने अनुमति चाहन्छु l

प्रतिक्रिया