एनआरएनए भाषा-साहित्य प्रबर्द्धन टास्क फोर्सको बिस्तार, डाएसपोराको कविताह संग्रह प्रकाशन गरिने

इनेप्लिज २०७१ माघ १५ गते १४:१६ मा प्रकाशित

 

 

NRNA
काठमाडौ । गैर आवाशीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रबर्द्धन टास्क फोर्सको बिस्तार गरिएको छ । गत माघ १० गते बसेको दोस्रो बैठकले साहित्यकार निलम कार्की निहारिका-नर्थ क्यारोलिना, हेमन्त श्रेष्ठ- भर्जिनिया, शान्तिराम ढकाल, क्यालिफोर्निया र विश्व शाह न्यूयोर्कलाई अमेरिकालाई टास्क फोर्सको कार्यकारिणीमा मनोनयन गरी टास्क फोर्स बिस्तार गरेको हो । यस अघि एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदले संघका पुर्व अध्यक्ष जीवा लामिछाने संयोजक र पुरुषोत्तम ढकाल सदश्य सचिव रहेको १५ सदश्यीय टास्क फोर्स गठन गरेको थियो । टास्क फोर्सका अन्य सदश्यहरुमा गोबिन्द सिंह रावत, भगवती बस्नेत, रामशरण सिंखडा, विश्वास दीप तिगेला, दलबीर सिंह बराइली, पुष्प बरुवाल, जानकी पौडेल, रमेश कंडेल, हिक्मत थापा, मुक्ति गौतम, महेश श्रेष्ठ, दिपेन्द्र केसी रहेका छन् । यसै बीच गैर आवाशीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रबर्द्धन टास्क फोर्सले गैरआवाशीय नेपाली सर्जकहरुको कविताहरुको अनुवादित अंग्रेजी संग्रह प्रकाशन गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसंग भएको एमओइका आधारमा गैरआवाशीय नेपाली सर्जकहरुको कविताहरुको अनुवादित अंग्रेजी संग्रह प्रकाशन गर्न लागिएको टास्क फोर्सका सदश्य सचिव पुरुषोत्तम ढकालले जानकारी दिएका छन् । एनआरएनएका अभियन्ता भिम उदाश, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेती, साहित्यकार विष्णु विभु घिमिरे र नरनाथ लुइँटेलको समितिले नेपाल प्रज्ञा प्रतिष्ठानको संयोजनमा गैरआवाशीय नेपाली सर्जकहरुको कविताहरुको अनुवादित अंग्रेजी संग्रह प्रकाशन कार्य सुरु गरेको सदश्य सचिव ढकालले बताएका छन् । यस अघि गैर आवाशीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रबर्द्धन टास्क फोर्ससंग प्रज्ञा प्रतिष्ठानसंग स्कृति, सम्पदा, भाषा तथा साहित्य प्रबर्द्धन गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया