न्यु योर्क

इनेप्लिज २०७१ माघ १७ गते १२:४३ मा प्रकाशित

basant

सेन्ट्रल पार्कको बिशाल छाती
ट्विन टावरका दुईटा ठुला आँखा
अम्पायर स्टेट बिल्डिंगको कान
म्यानहटनको मुख
ब्रुक्लाइन र क्विन्सलाई
दुवै कानलाई कुन्दाल झैँ झुन्डाएर
हड्सन नदीलाई
पाखुराको सिरान बनाएर
वाशिंगटन र ब्रुक्लाईन ब्रिजको
हातका लामा -लामा नङ्ग्रा झैँ फिजाएर
दिनहु मान्छेको रगतको नशाले लट्ठिएर
एट लान्टिक महासागरको किनारामा
सर्वांग नाङ्ग्गै निर्धक्क पल्टी रहने
विश्व कै समृद्धशालि देशको
एउटा समृद्धशालि छाडा सहर
न्यु योर्क !

 

प्रतिक्रिया