सुरक्षित बचत भवन उद्घाटन

इनेप्लिज २०७१ माघ १८ गते १४:२२ मा प्रकाशित

 

 

IMG_20150201_091344
चितवन १८ माघ
जुटपानी गाविसको खोलेसिमल बजारमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको नव निर्मित भवनको आज उद्घाटन गरिएको छ । दुई तले सो भवनको आज आयोजित कार्यक्रममा सहकारी विभागको रजिष्टार विष्णुहरि पौडेलले उद्धघाटन गर्नुभएको थियो । स्थापनाकाल देखि अहिले सम्म अर्काको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आईरहेको सो सहकारीले ३२ लाख २६ हजारको लगानीमा आफनै घर बनाएको हो । भवनको उद्घाटन संगै आजै देखि नयाँ भवनवाट काम सुरु भएको संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेले बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जुटपानीका सभापति गणेश शर्मा पौडेल,थानखोला सामुदायिक वनका अध्यक्ष जयराम कँडेल,सहकारीका संस्थापक अध्यक्ष श्यामन्तमणि लामिछाने,उपाध्यक्ष सितलकाजी श्रेष्ठ लगायतले वोल्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो
चेपाङ केन्द्रलाई फिर्निचर र खाद्यान्न सहयोग

bbbbbbbbbbb
रत्ननगर १८ माघ
रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई फिर्निचर र खाद्यान्न समाग्री सहयोग भएको छ । पत्रकार प्रतिमा सिलवालको पहलमा गुडमर्निङ योगा ग्रुपले फिर्निचर र खाद्यान्न समाग्री सहयोग गरेको हो । ग्रुपले केन्द्रलाई २८ जना वालिका सुत्ने २८ वटा खाट,८ वटा दराज,कितव राख्ने ¥याग र १५ दिनलाई पुग्ने खाद्यान्न समाग्री सहयोग गरेको हो । केन्द्रमा चितवन र मकवानपुरका ७७ जना चेपाङ वालवालिका आश्रित छन ।

शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका अहम
चितवन १८ माघ
संस्थागत विद्यालयलहरुले समुदायमा गुणस्तरीय शिक्षा प्रदानका महत्पूर्ण भुमिका खेलेको सरोकारवालाहरुले बताएका छन । पूर्वी चितवनको जुटपानीमा रहेको सिराइचुली एफ एम ९७.३ मेगाहर्जले आज विहान आयोजना गरेको समुदाय विकासमा संस्थागत विद्यालयको भुमिका बिषयक अन्र्तक्रियामा बोल्दै उनीहरुले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयको अदृष्य भूमिका रहेको स्पष्ट पारेका थिए । कार्यक्रममा सिद्धिविनायक आवसीय माध्यमिक विद्यालय जुटपानीका प्रबन्ध निर्देशक लिला गुरुङले स्थानीय स्तरमा संस्थागत विद्याल एक जुट हुनुपर्नेमा जोड दिए । सोही विद्यालयका प्रिन्सिपल बिष्णुमणी लामिछानेले संस्थागत विद्यालयलका कारण देशमा रोजगारी सिर्जना भएको भन्दै राष्टियस्तरमा समेत उत्कृष्ट नतिजा निकाल्न सकेको बताए । त्यसैगरी सगरमाथा आवसिय मावि रत्ननगरका प्रिन्सिपल गोकुल प्रसाद भट्टले संस्थागत विद्यालयले समुदायको वातावरण र स्वास्थ्य सुधारमा प्रमुख भुमिका खेलेकोे बताए । पिठुवा स्रोत केन्द्रका स्रोतव्यक्ति रामकृष्ण लम्सालले समुदायमा सामाजिक उत्तरदायित्व वहन गर्न संस्थागत विद्यालय सफल भएको भन्दै समुदायको विकासको महत्वपुर्ण कडि संस्थागत विद्यालय भएकोे बताए । एफएमका अध्यक्ष विशाल आले मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा मुनलाइट स्कुलकी शान्ति गुरुड र पिस भिजन आवसीय माध्यमिक विद्यालयका यमप्रसाद काफ्ले,अर्विट वोडिङ स्कुलका प्रिन्सिपल भिमराज कडेल, न्यु सगरमाथा इ मिडियम स्कुलका प्रिन्सिपल इश्वर तिवारी लगायतले आ–आफनो धारण राखेका थिए ।

प्रतिक्रिया