चिट्ठी

इनेप्लिज २०७१ माघ १८ गते १८:१८ मा प्रकाशित

Ram-C-Sharma-2-262x300

 

दाइ नमस्कार !

दाइ, तपाई मोटो घाटो सकुशल र हलिकप्तारो चढेर गाउँ बेशी गर्दै रहनु भको समाचार हेर्न र सुन्न अझै अनुहारै पनि देखिन पाउने गरि हाम्रो घरमा (प्राय सबैको घरमा) चटक देखाउने भाँडो भित्र जुकिंबर्गले दिनु भाको मन्त्रले खोलेर हेर्न देख्न र सुन्न पाईञ्छ /तपाइँ के के गर्नुहुन्छ र के बिचार गर्नु हुन्छ भन्ने समेत हामी थाहा पाउछौ /तपाई पहिले कमलको फूल… जस्तै नरम र सबैको प्रिय हुनु हुन्थ्यो भन्ने कुरा त भनि रहनु पर्दैन किन कि जब तपाइँ ले कृषि प्रधान देशमा कृषक हरुको भलाइ र सेबा पुर्याउने मनसायले बिषय बस्तुमा ग्यान आर्जन गर्ने मनसुबा लिनु भयो / ठिकै थियो तपैले रोजेको सेवामूलक कार्य क्षेत्र यौटा रुकुम बाट मात्र भए पनि गरीब किसानहरुको स्तर माथि उठ्न सक्थ्यो सम्पन्नता हासिल गरेर अरु जिल्लाहरुले पनि क्रमश उन्नति हुने मार्ग अबलम्बन गर्न सिक्थे / यहाबाट थालेको भए नेपालकोक्रमिक बिकास कति सहज र सुगम हुने थियो होलात्यो त आफ्नो ठाउमा छदै छ

तर तपाइको मनमा के चित्त न बुझेर हो बा चित्तमा एकैपल्ट आकाशको तारा झार्न सकियो भने त प्रिथ्बिमा दिन उसै उज्यालो रात पनि उज्यालै उज्यालो अहहा क्या मज्जा हुन्छ भन्ने बुझेर कमल फुलको कोमलता लाइ चटक्कै छाडेर कडा न कडा रापिलो पोल्ने घामको रुप धारण गरेर ”प्रचण्ड” बन्नुभयो / यतिखेर तपाइले संकल्प पनि गर्नु भयो होला मनमनमा कि म अब सबैलाई गास बास र कपासको समस्या बाट मुक्त गरिदिन्छु यसरि कि यो सानो खिरखिरे हलोले जमिन जोतेर समय गुजारा गर्दै कैले पुग्नु ठेगानामा, बरु एकै पल्ट उत्तर दखिन गरेर सडकमा फिजारेर राखेको बस्तु आफु खुशी उठाएर ल्याउन पाई हालिन्छ भने झैँ गरेर उग्र पथमा लम्कनु भयो / तपाइको पहिलो भूल यो भयो कि जनता जनार्दलाई आहारा निद्रा, श्रम र बिश्राम पनि चाहिन्छ जुन दैनिक प्रक्रिया हो यसमा क्रमिक रुपले मात्र सुधार गर्न सकिन्छ एकैपल्ट परिबर्तन आउन सम्भब छैन भन्ने कुरा /अर्को शब्दमा भन्ने हो भने तपैमा उल्टो बुद्धत्व जागृत भयो किन कि बुद्धले शन्देश मात्र दिए, काम गरेनन म काम गरेर छाड्छु भन्ने घमण्ड पैदा भयेछ / ठिकै थियो तर तरिका गलत अपनाउनु भयो आफुलाई नै बिर्सेर / कसरि भने देश काल र परिस्थिति प्रतिकूल तपैले ब्याड बाट बिरुवा उखेलेर जरा पट्टि बाट सार्न पर्नेमा छिटो फल लाग्छ कि भन्ने बुद्धिले जरा काटेर डाँठ घुसार्नु भयो/

त्यसको परिणाम के भयो थाहा पाइहाल्नु भयो / तपाइको अडान र जिद्दीले सयौ आमा हरुको काख रित्तो भयो/ दिदि बहिनीहरुको सिउदो उजाडियो/ दाज्यु भाइ हरुको हात खुट्टा भाँचियो / दिनका दिन कमाएर छाक टार्ने हरुको कनिकाले तपैले आफ्नो ढुकुटी भर्नु भयो/

भित्र बसेर पनि जिन्दगी लुट्ने हरु बधाईका पात्र !

अब तपाइको विचार संबिधान सपार्ने छकि छुल्याहा, मुल्याहा , हुल्याहा भएर अझै जनतालाई दुख दिने बिचार छ /मलाई सुटुक्क भन्नुहोस्न है?

उही भाइ,

रुपाखेती

प्रतिक्रिया