बोष्टनको चौतारी छापियो । फेब्रुवरी २१ तारिख शनिबार बिमोचन हुने ।

इनेप्लिज २०७१ माघ २० गते १५:०८ मा प्रकाशित

 

 

10945590_939574169406266_659735030607407003_nयम पौडेल , बोष्टन \ फेब्रुवरी १, २०१५

अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोष्टन ले अन्तराष्ट्रिय नयाबर्ष २०१५ आगमनको अवशरमा प्रकाशन गरेको बोष्टनको एतिहासिक साहित्यिक सगालो “बोष्टन चौतारी”सरस्वति पुजाको दिन बोष्टन आइपुगेको छ । अनेसास बोष्टनको इतिहासमा पहिलो पटक प्रकाशन भएको यसलाई राम्रो सँग बिमोचन गरेर मात्र सार्बजनिक गर्ने ऊद्देश्यले अनेसास को बैठक च्याप्टरका सदस्य कृष्णराज खनालको अर्लिङटन स्थित निबास मा बस्यो । बैठकले आगामी फेब्रुवरी २१ तारिख शनिबार बेलुका समरभिल स्थित मसाला रेष्टुरेन्ट को सभाहलमा अनेसास बोष्टनका सचिब यम पौडेलको सँयोजकत्वमा बिशेष बिमोचन कार्यक्रम गर्ने निर्णय गरेको छ भने बिमोचन कार्यक्रम मा सबै नेपाली भाषा साहित्यप्रेमी नेपालीलाई सहभागीताको लागी अनुरोध गरिएको छ ।

नेपालीहरु अमेरिकाको मासाचुसेटस राज्यमा बढने क्रमसगै नेपाली भाषा साहित्यको बिकासको लागी सन २००४ को मे महिना देखि अनेसास बोष्टनको सँस्थागत बिकास हुन थालेको हो । आज त्यहि सँस्थाले अमेरिका भरका साहित्य सर्जक र सम्पर्कका देश बिदेशका साहित्यकार, लेखकलाई समेटदै पहिलोपटक ३०० पृष्ठको बोष्टनको चौतारी प्रकाशन गरेको छ । यसको लागी अगष्ट १८ तारिखको मिटिङले च्याप्टरका अध्यक्षलाई प्रकाशनको जिम्मा लगाएको थियो । अनेसास बोष्टनले सरस्वति पुजामा नेपाली बालबालिकालाई नेपाली अक्षर चिनाऊने कार्यक्रम गर्दै आएकोमा यसपटक पुस्तक सोहि दिन आइपुग्ने सँयोग मिलेको हुदा बिमोचन कार्यक्रममा सरस्वतिपुजाको समेत सम्झना गरिने जनाईएको छ ।

अध्यक्ष स्वयँ सँयोजक भएको अबस्थामा सम्बन्धित सबैलाई समेटि पुस्तक प्रकाशन हुनेमा सँस्थाका पदाधिकारी ढुक्क थिए । हुनपनि अनेसास केन्द्र देखि च्याप्टर सम्म का सबै नेपाली भाषासाहित्य प्रेमी नेपालीलाई बोष्टनको चौतारीमा समेटिएको छ, अमेरिका तथा देश बिदेशका नेपालीहरुको भावना, बास्तबिकता साथै दु:ख सु:खलाई छापिएको छ । स्वदेश बिदेश बस्ने नेपाली हरुका राम्रा अनि गहकिला सृजनाले भरिएको छ “बोष्टनको चौतारी”। नपढनेको लागी पनि पढौ पढौ लाग्ने सामाग्री छन यसमा । अध्ययनमुलक सगालो भएको छ सँग्रहयोग्य पुस्तक भएको छ, बोष्टनमा एऊटा रचनात्मक काम थपिएको छ । बिमोचनभएपछि घर घरमा पुराऊनेछौ हात हातमा थमाऊनेछौ “अध्यक्ष एवँ सम्पादक हरि काफ्ले ले बताए ।

प्रतिक्रिया