शनिबार, मंसिर ९ २०७४ | Sat, November 25, 2017
नेपालको समय: ०५:३६ | Washington DC: 18:51

तेह्रौँ आहा रारा गोल्डकप सुरु

timthumb.phpपोखरा, २० माघ । सहारा क्लब पोखराको आयोजना तथा रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा आजदेखि पोखरा रङ्गशालामा तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिम र विदेशी गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद र पर्यटनको क्षेत्रमा विकास हुने बताउनुभयो ।

आज भएको उद्घाटन खेलमा नवजनजागृति युवा क्लब सिमराले आयोजक सहारा क्लब पोखरालाई टाइब्रेकरमा ४/३ गोलले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

भोलिको खेल नेपाल एपिएफ क्लब र सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलालीबीच हुनेछ ।

२०७१ माघ २० गते १५:०९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी