अमेरिकामा नेपाली समुदायमा विवाह-विच्छेद सुस्त गतिमा बढ्दो

इनेप्लिज २०७१ माघ २२ गते ०:२२ मा प्रकाशित

b 2

विल रगर्सले भनेका छन् जब सम्म हामी अरुको अधिकारको सम्मान गर्न जान्दैनौ तव सम्म हामीले साचो सभ्यता प्राप्त गर्न सक्दैनौ l सामाजिक विकासको साथ साथै मानवीय ईक्षा बढ्दै जान्छ l र ,यसको असर हाम्रो पारिवारिक सम्बन्धमा पर्दछ l

र ,सायद यसैले होला अमेरिकन सभ्यता र जीवन शैलीमा जीवन ढाल्दै अघि बढी रहेको नेपाली समुदायका परिवारमा विवाह-विच्छेद सुस्त गतिमा वृद्धि हुदै जादैछ l

हाम्रो धार्मिक तथा सामाजिक संस्कारले महिला तथा पुरुषमा ठुलो फराकिलो भएको मानिन्छ ,महिलालाई पुरुषको चाहना अनुसार प्रयोगमा ल्याईएको वस्तु सरह पनि ठान्ने गरिन्छ l सामाजिक ,धार्मिक ,राजनैतिक ,कानुन ,संस्कार तथा परम्पराले गर्दा महिलालाई मानसिक रुपमा पनि कमजोर बनाईएको छ l

एक आँकडा अनुसार अमेरिकामा पचास प्रतिसत वैवाहिक सम्बन्ध पार पाचुकेमा परिणत भएको देखिएको छ l यसको असर अमेरिकामा बसोबास गर्ने अप्रवासी हरेक समुदायलाई गाजेको छ l अमेरिकामा नेपालीहरुको आगमनको वृद्धि संगै अमेरिकाका बिभिन्न राज्यहरुमा विवाह-विच्छेद घटना सतहमा आउदैछन् l

divorce 2

एक अध्ययन अनुसार आनुवंशिक , आयश्रोत तथा शिक्षाका कारण विवाह-विच्छेद हुने ज्यादा जोखिम हुने हुन्छ l न्युयोर्क टाइम्सले गरेको एक अध्ययन अनुसार अमेरिकामा हाल पचास प्रतिसत विवाह-विच्छेद हुन्छ भन्ने तथांक सत्य नभएर घट्दै गरेको देखाएको छ l

र ,सम्बन्ध विच्छेद सत्तरी र अस्सिको दशक ताका निक्कै उच्च भएको भए पनि त्यो प्रवृत्ति नभई केवल ऐतिहासिक अवैधता हुन् गएको उल्लेख गरेको छ l

करिब सत्तरी प्रतिसतको हाराहारीमा अमेरिकामा सत्तरी देखि नब्बेको दशकमा जुन जोडीले पन्ध्रौ बार्षिक उत्सव मनाएका छन् त्यो भन्दा पछि अर्थात् सन् २००१ पछिका विवाह गर्ने जोडीको विवाह-विच्छेदमा कमि हुदै आएको देखाएको छ l

एक आंकडा अनुसार जति परिपक्व भएर बिबाह गर्ने जोडीको विवाह सम्बन्ध लामो समय सम्म टिकेको देखिएको छ l हाल औसदमा अमेरिकामा पुरुष २७ बर्ष र महिला २६ बर्षमा बिबाह गर्ने भएकोले बैबाहिक सम्बन्ध सुमुधुर रहेको र विवाह-विच्छेदमा ह्रास हुदै गएको देखिएको छ l

divrat08-12

तर पचासको दशक देखि अस्सिको दशकमा पुरुषले २३ र महिलाले २० बर्षको उमेर औसदमा विवाह गर्ने भएकोले कच्चा उमेरको कारण पार पाचुके अधिकतम रहेको थियो l

कोहेन्सको पुस्तक अनुसार पारिवारिक बिबिधता , असमानता ,सामाजिक तत्व तथा सामाजिक परिवर्तनको कारण विवाह विच्छेदको कारण बताएको छ l

जो व्यक्ति कम शिक्षा हासिल गरि बैवाहिक सम्बन्धमा बाधिन्छ उसको सबै भन्दा छिटो सम्बन्ध चिसिने र पृथक हुने हुन्छ भन्दै महा बिद्यालयमा नपुग्ने युवा युवतीमा विवाह-विच्छेद ज्यादै हुने गरेको देखाएको छ l

यिनै कारण र अन्य बिबिध कारणले गर्दा अमेरिकामा पनि नेपाली समुदायमा बैवाहिक सम्बन्ध न्युनतम रुपमा बिग्रिदै जाने गरेको छ l अधिकांस रुपमा महा बिद्यालय तथा बिश्व बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा यस्तो प्रवृति झागिदै गै रहेको छ किनभने वातावरणले त्यस्तो परिस्थिति बनाई दिएको हुन्छ l

चौतर्फी अमेरिकन रहन सहन ,सभ्यता ,आचरण ,ब्यबहार आदिले नेपाली समुदायका बालबालिकाहरु पनि यसको नकारात्मक प्रभाव पर्न देखिन थालेको छ l

अमेरिकामा पुरुष र महिला समान हुन्छन र यहाँ विभेद गर्न पाइदैन l महिला अझ स्वतन्त्र हुन्छन किनभने घर परिवार चलाउन जोडीले धानेका हुन्छन l र ,नेपाल जस्तो केवल पुरुषले मात्र घर धान्ने भन्ने अमेरिकामा नरहेकोले बराबर हिस्सा हुन्छ l अधिकार र आवाज दुबैको समान हुन्छ l

अमेरिकाको संबिधानले वाक स्वतन्त्रता दिएकोले त्यसको प्रभावले नेपाली समुदायलाई पनि छोएको हुदा लोग्ने स्वास्नी बिच विवाद बढ्दै जादा विवाह-विच्छेदमा परिणत भएका प्रसस्त भेटिन्छन l

divorce 1

एक आपसमा समझदारी नहुदा अमेरिकामा छौ भन्ने अहमताको कारण घर भाडिन्छ र भाडिएको छ l अमेरिकामा नेपाली महिलाहरुमा अधिकांस सशक्तिकरण भै सकेको हुन्छ l नेपाली पुरुषहरु नेपालको जस्तै एकात्मक पितृ सत्तात्मक सोच र चिन्तनको कारण परिवारमा झगडा र विवाद भै छोड्ने परिस्थितिमा पुगेको कैयौ परिवार छन् l

अमेरिकामा नेपाली पुरुष या महिला दुवै पक्ष बाट गल्ति हुने गरेको एक आंकडाले देखाएको छ l नेपालबाट एकल रुपमा पुरुष अमेरिका पसे भने उता नेपालमा परिवार बिर्सेर यतै घरजम गरेको देखिएको छ भने महिलाहरु पनि उता परिवार भएता पनि यतै घर जम गरेका पनि छन् l नारी र पुरुष समान छन् l अमेरिकामा नारी न त् निच नै छे न त उच्च छे ,त्यस्तै पुरुष वर्ग पनि एउटा रेखामा छन् l

अमेरिका पसेका नेपाली पुरुष तथा महिलाले अमेरिका आएर ३ पटक समेत बिबाह गरेको देखिएको छ l

अब नेपाली समुदायमा पनि दोश्रो बिबाह गर्नु भनेको सामान्य भै सकेको छ l समुदायले अनौठो मान्ने छैनन l त्यसको कुनै अर्थ रहदैन l र ,कुनै नकारात्मक नजरले हेर्न छोडी सकिएको छ l अझ पनि नेपाली समाज त्यति माथि र यस सम्बन्धमा त्यत्रो फड्को मरेको छैन होला भन्ने नेपाली समुदाय ठान्दछन l

अमेरिकामा अबिबाहित या बिबाहित पुरुष या महिलाहरु केटा साथी या केटि साथी बनाउने देखासिकी या प्रचलनको कारण पारिवारिक विवादमा मुसिन्छ्न र छोड पत्र गरेको देखिएको छ l

अमेरिकामा पनि नेपाली समुदायमा घरेलु हिंसा हुने गरेको यस सम्बन्धि काम गरि रहेका महिला अधिकारकर्मी बताउदछन l र ,नेपाली महिलाबाट नै घर भित्रको कुरा बाहिर ननिक्लियोस भन्ने चाहना रहेकोले बाहिर नआउने गरेको बुझिएको छ l

पुरुष तथा महिला दुबैले एक आपसमा आशंका गर्दा विवाह सम्बन्ध टुटेको देखिएको छ भने नेपालमा पुरुषले पुरुषार्थ देखाउदै घरेलु हिंशा गरेको कारण महिलाले यता आई यतै घरजम पनि गरेका छन् l नेपालमा महिलालाई ज्यादा हेप्ने प्रवृतिको कारण नेपालमा सुमधुर सम्बन्ध रहे पनि अमेरिकामा आएर सम्बन्ध फुटेको छ l नेपालमा पति ज्यादा मध्यपान भएको कारण यता आएका महिलाले यतै बिबाह पनि गरेका छन् l

bg1373cht12

ज्यादा स्वतन्त्रता खोज्नेको नाममा आपसी मेल मिलाप नहुदा विवाह-विच्छेद हुने भएको पनि देखिएको छ l बिभिन्न कारणबाट अमेरिका छिरेका बिबाहित पुरुष या बिबाहित महिला समेत सप्ताह भर कडा परिश्रम गरे पछि दुख बेसाउन रात्री समयमा क्लब जाने आदतको कारण हरेक सप्ताहमा जानै पर्ने मन भए पछि मनोमालिन्य भै कुरा बिग्रन गै सम्बन्ध टुटेको छ l

पढ्न आएका बिद्यार्थीका अभिभावक यहाँ नहुनाले अझ ज्यादा स्वतन्त्रता हुनाले प्रेमको सम्बन्ध रहेता पनि राती अबेर सम्म हिड्ने आदत लागि असमझदारी भै कुरा बिग्रिएको छ l

नेपालमा चुलो र पर्खाल भित्र जीवन यापन बिताउने महिला पनि अमेरिकामा आएर परिवार भन्दा मनोरंजन साथी भाईसंग ज्यादा समय बिताउने हुदा र त्यो आदत हटाउन नसक्नाको कारण कुरा बिग्रदै छोड पत्र सम्म भएको देखिएको छ l

एक वर्ग नेपाली समुदाय भबिष्यमुखी छन उनीहरुलाई दुनियासंग मतलब हुदैन सुनौलो भबिष्य बनाउने तर्फ तल्लिन छन् l बिसेष गरि महानगर शहरहरुमा भर रात जीवन चलिरेह्को हुन्छ l र ,नेपाली समुदाय पनि त्यसैमा आफुलाई ढाल्ने कोसिस गर्ने क्रममा परिवार भत्कने गरेको हुन्छ l त्यहाँबाट द्वन्द सुरु भएर बैबाहिक जीवन तहस नहस भएको हुन्छ l

एक थरि महिला तथा पुरुष वर्ग छन् कहिले शुक्रबार आउला भनेर पर्खि रहेका हुन्छन l अर्को थरि पुरुष या महिला छन् जो शनिबार र आईतबारलाई भेटघाट भोज भतेरमा दिनरात बिताउन आतुर हुन्छन l मनोरन्जन र साथी भाईको बहानामा घर भन्दा बाहिर बस्न रुचाउने हुदा सम्बन्धमा तिक्तता आई विवाह-विच्छेद भएका छन् l

divorce_family_law

सम्बन्ध बिच्छेद एक आपसमा शंका तथा उपशंखा गर्ने , बैबाहिक जीवनमा अभिभावकबाट हस्तक्षेप हुनाले ,श्रीमानले श्रीमतीलाई अमेरिका ल्याई दिएको धाक लगाएको कारण ,श्रीमतीको कमाई पुरै लोग्नेको हस्तक्षेप हुदा , सर सल्लाह नमानेको कारण , अमेरिकाको कामको शैली थाहा हुदा हुदै कामबाट थकान भएर आउदा स्वास्नीले नै गर्नु पर्ने सोचाईको कारण तथा अमेरिकामा पुरुष या महिला दुवै खुकुलो वातावरणमा ज्यादा खुला भएको लोग्नेलाई स्वास्नीको र स्वास्नीको लोग्नेलाई मन न परेको कारण सम्बन्ध बिच्छेद हुने आँकडाले देखाउदछ l

अमेरिकामा रहेर वैवाहिक जीवनमा बाधिएका पति पत्नी बीच समझदारीको ठुलो खाचो हुन्छ l भर रात काम गर्नु पर्ने बाध्यता भएकोले पतिले पत्नी संग आशंका या पत्नीले पति प्रति आशंका कदापी गर्नु हुन्न l हाम्रो संस्कृति ,धर्म र परम्पराले सात फेरा लिएर बैबाहिक गठोमा बाधिएको हाम्रो पवित्र गाठो कहिले टुट्नु हुदैन l

र ,लोग्ने स्वास्नीको झगडा परालको आगो भने झैँ यस्ता कुरामा हाम्रो ध्यान भन्दा आफ्नो जीवन कसरि सफल बनाउन सकिन्छ त्यस तर्फ दुवैले सोच्नु पर्ने हुन्छ l र ,कसरि समाजमा दिर्घ कालिन अवधि सम्म जोडी भएर बसोबास गरेका छन् भनि उदाहरण प्रस्तुत गर्न जान्नु पर्छ l

त्यो तर्फ पुरुष तथा महिला दुबैले ध्यान पुर्याउन पर्दछ l सबै भन्दा ठुलो चुरो भनेको एकले अर्का लाई माया ,सद्भाव र ईज्जत गर्न जान्नु पर्छ l हामी बिदेशी माटोमा छौ l झन् सुमधुर सम्बन्ध बनाउनको साटो टुटाउन खोज्यौ भने अर्काले भन्ने बाटो पाउने हुनाले यस तर्फ सजक रहे पति पत्नीको सम्बन्ध युग युगौ सम्म चल्ने हुन्छ l

विवाह-विच्छेद अनेक कारण बाट हुने गर्छ l विवाह-विच्छेदले कसैलाई फाईदा गर्दैन र अन्तिम अवस्था सम्म टुटाउन दिनु हुन् l अमेरिकामा पुरुष वर्गले भन्दा ज्यादा महिलाले ज्यादा विवाह-विच्छेद गर्न चाहेको र दर्ता गरेको आंकडाले देखाएको छ l

हामी नेपालीलाई घरबार बिगार्ने हावा नलागोस l र ,अर्काको सिकोको नक्कल गर्न कहिले मन नलागोस l संगै मर्ने र जिउने कसम खाएकोले लामो जिन्दगि यस्तो परिस्थिति कहिले सिर्जना नहोस् l

………………………………………………अस्तु

 the-hateful-divorce

प्रतिक्रिया