रुखमा चढेर गीत पनि गीत गाएको छु :वरिष्ठ गायिका मिरा राणा

इनेप्लिज २०७१ माघ २३ गते २:४२ मा प्रकाशित

mira 2

नेपालबाट अमेरिका र अमेरिका बाट नेपाल आउने जाने क्रम जारि राख्नु हुने नेपालकी वरिष्ठ गायिका मिरा राणा भन्नु हुन्छ संगीतमा रमाउन थाली सकेको हुनाले शायद होला ,रुखमा चढेर पनि गीत गाउथे l त्यो सम्झना सुनाउदै यसरि पनि गित गाउन मन लाग्दो रहेछ l

४ दशक देखि गायन क्षेत्रमा अनवरत रुपमा डुबुल्की मार्दै झन्डै १ हजार ७ सय जति गीत आफुले गाई सकेको चर्चा गर्दै बिद्यालयमा अध्ययन गर्दा ९- १० कक्षाका बिद्यार्थीलाई गीत गाउन शिक्षकहरुले लगाउदा आफु ढोका बाहिर बसेर उनीहरुले गाएको सुन्थे l

हुन् न त आफु कक्षा ७ देखिने गाउने गर्थे भन्दै आफ्ना पिता शम्भु प्रसाद मिश्रा(संगीत प्रवीण) भएकोले बसन्त जंग रायमाझी तथा नारायण प्रसाद शर्मा बुवा संग रिहाज गर्न आउने भएकोले पारिवारिक उत्प्रेरणाबाट गायिका बनेको हु l

mira 7

पढाईमा ठिकै भए पनि संगीतमा धेरै पटक प्रथम स्थान हासिल गरेको छु l आफ्नो जीवन कालमा सबै भन्दा अविस्मरणीय क्षण र खुशीले खुट्टा भुईमा नभएको दिन चाही नेपाली चलचित्र परिवर्तनको लागि कलकत्ता गएर गीत गाउदा १ हजार ८ सय पाउदा सपना हो कि जस्तो लागेको भन्दै आफुले त्यत्रो पैसा पाउछु भन्ने कहिले सोचेको थिईन l

त्यो बेलामा २-४ रुपैया पनि ठुलो लाग्ने अवस्थामा त्यत्रो पैसा पाउदाको अनुभव भनेर बयान गर्न सक्दिन भन्दै त्यहि बेलामा पहिला चोटी हवाई जहाज चढ्दा अचम्ब लागेको थियो भन्न गार्हो लागेन -मिरा राणालाई l

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्यानटिलिमा एभरेस्ट संगीत तथा कला केन्द्रमा शिष्यलाई हार्मोनियम सिकाउन व्यस्त रहदा रहदै अहिले पनि हार्मोनियम मात्र भयो भने ४- ५ घण्टा त्यतिकै बिताउन सक्छु l

र ,कुरा गर्ने क्रममा हार्मोनियम मात्र भए साथीभाई नचाहिने l मेरो स्वभाव केटाहरुको जस्तै छ भन्दै अलिक कुरा प्रस्ट पार्दै महिला भए पनि कुरा काट्ने आफ्नो स्वभाव नभएको र कान ठाडो पार्ने मेरो बानि छैन l

mira 5

कुराको शिलशिलामा ,अविस्मरणीय क्षण बताउदै रानी ऐश्वर्यको जन्म दिवसमा मलाई दरबारले खोज्न मानिस पठाएको रहेछ तर मेरो घर फेला पार्न नसकेर फर्केछन तर मेरो पिता मार्फत म दरबारमा गै गीत गाएको छु l

स्व तारा देवी ,म र अन्य कलाकारहरु दरबार गएर गीत गएको भन्दै रानी ऐश्वर्यले आफु संग भएको गीतको सुची अनुसार फर्माइस गरेको कुरा कहिले भुल्न सक्दिन l रेडियो नेपालको आधुनिक गीत प्रतिस्पर्धामा प्रथम भएको चर्चा गर्दै त्यो बेलामा महेन्द्र राजाको स्वर्ग भएकोले राजा बिरेन्द्र बाट पुरस्कार थापेको छु l त्यो एउटा कहिले भुल्न नसक्ने पल हो l

कुराकानी गर्ने क्रममा गायन क्षेत्रमा अर्को चर्चा गर्दै भारतका प्रख्यात गजल गायक गुलाम अलि पहिलो पटक दरबार आउदा भेट भएको थियो l दुख हुदा गीत गाउन कतिको सकिन्छ त भन्ने जिज्ञाशामा गीत दुख र सुख दुवै अवस्थामा म गीत गाउने गर्छु l संगीतले दुख र सुखमा साथ दिन्छ l धेरै देश भ्रमण गरेको भन्दै नेपाल बाहिरको तेश्रो मुलुकमा पहिलो पटक जर्मन गएको र त्यहाको आतिथ्यता एकदमै राम्रो लागेको पाए l म्युनिख अझ राम्रो l

आफु रेडियो नेपाल प्रशारणमा ३३ बर्ष काम गरि सुब्बाबाट जागिर खाई आठौ तहमा अवकास पाए र अहिले नेपाल र अमेरिका ओहर दोहोर छ l यहाँ पनि प्रवासी नेपालीलाईहरुलाई संगीत सिकाउदै छु l

आफु अन्य भाषामा पारङ्गत नभए पनि संगीतको भाषा बुझ्ने हुनाले नेवारी भाषामा भएको प्रतिस्प्रदामा पनि प्रथम हुने अवसर पाए l जर्मनमा गएको बेलामा जर्मनी ,कोरियामा गएको बेलामा कोरियन र जापान गएको बेलामा जापानिज गीत पनि गाएको छु l नेपालकी प्रथम पप गायिका भनेर पनि चिनिन्छ -मिरा राणालाई l आफु सबै थरिको गीत गाउछु भन्दै मंचमा गीत संगै झुमेर नृत्य गर्दै गीत गाउने आफुले सुरु गरेको हु ,र त्यो भन्दा अगाडी यस्तो चलन थिएन l

नृत्य गर्दै गीत गाउने क्रममा हंगकंगमा मदिरा सेवन गरेर गीत गाएको होला भन्ने ठानी कार्यक्रम पछि आयोजकहरुले मध्यपान खान आग्रह गरेको अविस्मरणीय घटना बारे चर्चा गरिन l झुमेर र संगीतमा डुबेर दर्शकलाई भरपुर मनोरंजन दिन गाएको गीतमा यसरि गलत अर्थ पनि लागेछ -ऐतिहासिक स्मरण सुनाउनु भयो l

कसैले तिम्रो स्वर राम्रो छैन भनि भनेको छ भनि जिज्ञाशा राख्दा ,रेडियो नेपालमा पुष्प नेपालीले मैले गएको गीतमा सुर नमिलेको कारण हप्काई खाएको चर्चा गर्दै चित्त दुखि रेडियो नेपालबाट रुदै निक्लेको घटना ताजै छ भन्नु भयो l

हकारेको भोलि पल्टै उनले फेरी गीत रेकर्ड्स (अभिलेखन )गर्न बोलाउनु भयो र त्यो भनेको अर्ति र उपदेश रहेछ भनि आफुले बुझे l एक पटक दरबारमा कार्यक्रम रहेको बेलामा वरिष्ठ कलाकारले आफु कनिष्ठ भएको ठानेर अन्य कलाकारहरुलाई छनौट गर्दा आफु त्यसमा नपरेकोले आफुलाई चित्त दुख्ने रहेछ भन्दै ईतिहासका केहि घटना सुनाउनु भयो l

mira 1

काठमाडौँ क्षेत्र ३ बाट पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फ बाट निर्वाचनमा उम्मेदवार बन्नु भएकी मिरा राणा चुनाब प्रचार प्रसारमा घर दैलो अभियानमा मतदाताले हात समाएको र सम्मान गरेकोमा खुशी लागेको l तर निर्वाचनको परिणाम राम्रो हुन् सकेन l राजनीति भनेको पैसाको चलखेल रहेछ आफु गायन क्षेत्रको मानिस हु भन्नु भयो l

२०२८ सालमा बिबाह बन्धनमा बाधिए पनि आफुलाई घर परिवारले कहिले पनि बाधा अड्चन गरेन l परिवार प्रति गर्व छ l

आफु नाचेर र झुमेर गीत गाउने भएकोले टिका टिप्पणी ज्यादा भएको आफुलाई लागेको बताउनु भयो l

प्रतिक्रिया