संस्कृतिविद् जोशी रोटरी अवार्डद्धारा सम्मानित

इनेप्लिज २०७१ माघ २३ गते १३:३७ मा प्रकाशित

 

 

09bc4d32f89c40b388740e6d1498f6c4काठमाडौं, २३ माघ । राष्ट्रपति डा.रामवरण यादवले संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स पुरस्कार’ बाट सम्मान गरेका छन् ।

शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहबीच रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको रु १० लाखको सो पुरस्कार कला, संस्कृति र अनुसन्धानमा विशेष योगदान दिएबापत जोशीलाई प्रदान गरिएको हो । जोशीले गत महिना नई प्रकाशनबाट ‘शताब्दी पुरुष’को उपाधि पाएका थिए। जोशीले तीनपटकसम्म मदन पुरस्कार पाएका छन् ।

रोटरीलाई नेपालमा भित्र्याउने स्व गोपालराज भण्डारीको स्मृतिमा स्थापित सो पुरस्कार यसअघि डा रामकण्ठ कामाजु श्रेष्ठ र डा सुरेशराज शर्माले पाइसकेका छन् । कार्यक्रममा राष्ट्रपति यादवले रोटरीको पहलमा दक्षिण पूर्वी मुलुकहरु पोलियोमुक्त भएको चर्चा गर्दै शान्ति र शिक्षाको विकासमा पनि यो संस्थाले योगदान दिँदै आएको बताए।

प्रतिक्रिया