सरकारी कार्यालय अपाङ्गमैत्री नभएको गुनासो

इनेप्लिज २०७१ माघ २४ गते ४:५० मा प्रकाशित

apangaभीमदत्तनगर, २४ माघ । डडेल्धुराका सरकारी कार्यालय अपाङ्गमैत्री नभएको गुनासो अपाङ्गता भएका व्यक्तिले गरेका छन् ।

डडेल्धुरामा रहेका हरेक सरकारी कार्यालय अपाङ्गमैत्री हुन नसकेकामा उनीहरुले दुःखसमेत व्यक्त गरेका छन् ।

सरकारी कार्यालयबाट हुने अधिकांश सेवा माथिल्लो तलामा हुने गरेको र आफूहरुलाई त्यहाँ जान गाह्रो हुने गरेको उनीहरुको भनाइ छ ।

कार्यालय अपाङ्गमैत्री नहुँदा निकै समस्या हुने गरेको मदन दमाईंले गुनासो गर्नुभयो । “कार्यालयको कामभन्दा पनि आवतजावतमै समस्या हुन्छ ।” उहाँले भन्नुभयो– “अपाङ्गमैत्री वातावरण बनाइयोस् ।”

प्रतिक्रिया