शिविरमा तीस महिलाको बध्याकरण

इनेप्लिज २०७१ माघ २४ गते ४:५३ मा प्रकाशित

A woman, who underwent sterilization surgery at a government mass sterilisation "camp", walks to sit in a hospital bed at a district hospital in Bilaspurपर्सा, २४ माघ । पर्साको बगवाना गाविसमा सञ्चालित शिविरमा पहिलो दिन हिजो सन्तानको इच्छा पुगेका ३० महिलाले परिवार नियोजनको स्थायी बध्याकरण गराएका छन् ।

पर्साको मधवनमथवल, बगवान, हरपुर र पचरुखी गाविसका महिलाले स्थायी बध्याकरण गराएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा र मेरिस्टोर वीरगन्जको सहयोगमा सञ्चालन गरिएको दुईदिने बध्याकरण शिविरमा ६२ महिलाले नाम दर्ता गराएकामा पहिलो दिन ३० जनाको बध्याकरण गरिएको आयोजकले जनाएको छ ।

शिविरमा बध्याकरण गराउनेलाई रु १५०, निःशुल्क औषधि र घरबाट ल्याउने लैजाने यातायातको सुविधा प्रदान गरिएको थियो ।

शिविर आजसम्म चल्ने र बाँकी रहेका महिलाको बध्याकरण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया