आफ्नै काकीको हत्यारा पक्राउ

इनेप्लिज २०७१ माघ २४ गते ४:५५ मा प्रकाशित

pakrau-गौशाला, २४ माघ । आफ्नै काकीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको ईटहर्वाकट्टी गाविस– ७ बस्ने फूलबाबु ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घरजग्गासम्बन्धी घरायसी विवाद हुँदा २०६८ असोज २२ गतेका दिन ठाकुरले आफ्नै काकी जीवछीदेवी ठाकुरलाई घरेलु धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।

काकीको हत्या गरी भारतमा लुकेर बस्दै आएको ठाकुर गएराति घर आएको थाहा पाउनासाथ आज बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरी ल्याएको हो ।

प्रतिक्रिया