आगलागीबाट रु दश लाखको क्षति

इनेप्लिज २०७१ माघ २४ गते १२:०४ मा प्रकाशित

aaglaagiसप्तरी, २४ माघ । सप्तरीको रमपुरा मल्हनिया गाविसमा आगलागी हुँदा रु १० लाख मूल्यबराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

गएराति आगो ताप्ने घुरबाट भएको आगलागीका कारण मल्हनिया गाविस–१ का सहदेव मुखियाको गाईगोठमा आगलागी हुँदा छिमेकी महेन्द्र मुखिया, कृषनीदेवी मुखियालगायतका आधादर्जन घरमा आगलागी भएको थियो ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको सो आगलागीबाट पीडितको जस्तापाता र खरबाट बनाएको घर, गोठलगायत लत्ताकपडा अन्नपात र भाँडाकँुडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया