मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: ०६:५० | Washington DC: 20:05

माइभ्याली गोल्डकप नेपाल आर्मीलाई

footballइलाम, २४ माघ । माइभ्याली गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । आज भएको फाइनलमा थ्रीस्टार क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै आर्मीले लगातार दोस्रो उपाधि जितेको हो । सो जितसँगै आर्मी रु तीन लाख हात पार्न सफल भएको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फ गोल नभएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि नतिजा नआउँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । ‘टाइब्रेकरमा ४–४ को बराबरी भएपछिको ‘सडन डेथ’मा थ्रीस्टारका कप्तान सागर थापा गोल गर्न चुकेपछि आर्मीले बाजी मारेको हो । उपविजेता थ्रीस्टारले रु एक लाख ५० हजारमै चित्त बुझाउन बाध्य हुनुपरेको छ ।

२०७१ माघ २४ गते १५:१२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी