अनेसास पुरस्कारका लागि पुस्तक दर्ता गर्ने म्याद थप

इनेप्लिज २०७१ माघ २६ गते २:३२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई दुई बर्षमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारका लागि पुस्तक बुझाउने म्याद थप गरेको छ/ जस अनुसार सन् २०१५ को पुरस्कारका लागि २०१५ मार्च २ सम्मको समय थप गरिएको छ । यस अघि तोकिएको म्याद जनवरी १५ थियो/ यो अवधिमा जम्मा ३५ जना लेखकका पुस्तकहरुमात्र प्राप्त भएकाले अनेसास¸ बोर्ड अफ ट्रस्टी (बिओटी) को सभापति डा श्याम कार्कीको सभापतित्वमा बसेको बैठकले यो म्याद थप गरेको हो/

बढीभन्दा बढी लेखकहरुलाई प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्न पुरस्कार समितिका अध्यक्ष सीता पाण्डेले म्याद थपका लागि प्रस्ताव गर्नु भएपछि बैठकमा सर्वसम्मतिले स्वीकृत गरेको हो ।

पुरस्कारका लागि सहभागी हुने लेखकहरुका पुस्तकहरु सन् २०१३ को जनवरी १ देखि सन् २०१४ को डिसेम्बर ३१ भित्रमा प्रकाशन भएको छ प्रति पुस्तक समितिका अध्यक्ष सीता पाण्डे ( Sita Pandey, 26 Federal Ct , Gaithersburg , MD 20877 , USA ) लाई निर्धारित मिति भित्र पठाउन अनुरोध गरिएको छ /
गोवर्धन पूजा
महासचिव
बोष्टन, अमेरिका
मोवाइल – ५०८-८४०-५८७४
g [email protected]

प्रतिक्रिया