तेह्रौं आहा रारा गोल्डकपमा मनाङ विजयी

इनेप्लिज २०७१ माघ २८ गते १४:३१ मा प्रकाशित

gn3_574261443पोखरा, २८ माघ । सहारा क्लब पोखराको आयोजनामा यहाँ भइरहेको तेह्रौँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरी सेमिफाइनल प्रवेश गरेको छ ।

आजको खेलमा मनाङ मस्र्याङदी क्लबका अनिल गुरुङले ५५ र ८४ औँ मिनेटमा गोल गरेका थिए भने आर्मीका राजीव गुरुङले खेलको आठौं मिनेटमा गोल गरेका थिए ।

भोलिको अर्को सेमिफाइनल खेल नेपाल पुलिस क्लब र थ्रीस्टारबीच हुनेछ

प्रतिक्रिया