खाल्डोमा डुबेर नाबालिकाको मृत्यु

इनेप्लिज २०७१ माघ २८ गते १४:३४ मा प्रकाशित

गोलबजार (सिरहा), २८ माघ । सिरहाको इँटाटारमा खाल्डोमा डुबेर आज एक बालिकाको ज्यान गएको छ ।

इँटाटार–६ का रामसेवक पासवानकी एक वर्षीया छोरी पुष्पा पासवानको खाल्डोमा डुबेर मृत्यु भएको स्थानीय रोशन पासवानले जानकारी दिनुभयो ।

घर नजिकै रहेको हाते कलको पानी छाड्न खनेको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया