एनआरएन, एनसीसी अमेरिकाको उपाध्यक्ष मा रविना थापाको उम्मेदवारी घोषणा

इनेप्लिज २०७१ माघ २९ गते ९:३७ मा प्रकाशित

 

 

rabinaएनआरएन एनसीसी, अमेरिकाको आगामी निर्वाचनका लागि रविना थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । विगत एक दशक अगाडिदेखि अमेरिकामा नेपाली आप्रवासीको रुपमा प्रवेश गरि सामाजिक सेवामा सक्रिय रही नेपाल र नेपालीको सेवा गर्दै आउनुभएकी थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

सबैको आशा र भरोसाको केन्द्र रहेको एनआरएन अमेरिकालाई अझ बढी सशक्त बनाउनका लागि आफू उम्मेदवार बन्न लागेको थापाले स्पष्ट पार्नुभएको छ । विगतमा सबैको सहयोग र सदभावबाट बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (वाना) को नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै थापाले उक्त अवधिमा वानाले बाल्टिमोरमा मात्र होइन, समस्त अमेरिकामा नै एउटा सफल सामाजिक संस्थाको भूमिका निर्वाह गरेको स्मरण गर्नुभएको छ ।

अमेरिकामा नेपाली आप्रवासीहरु नेपाली बान्ड राजदूत हौं, हाम्रो हाउभाउ, हाम्रो कला, हाम्रो संस्कृतिले नेपाली पहिचान प्रदर्शन गर्दछ, त्यसैले अमेरिकामा जन्मेका हुर्केका हाम्रा सन्ततिहरुलाई नेपाली भाषा र संस्कृतिको बारेमा शिक्षा दिनु अपरिहार्य छ भन्दै थापाले यसकारण एनआरएन अमेरिकाले विभिन्न राज्यहरुमा नेपाली भाषा सिकाउने केन्द्र खोलेर नेपाली भाषा र संस्कृति सम्बन्धी शिक्षा दिन जरुरी भएको स्पष्ट पार्नुभएको छ ।

अमेरिकालाई मौका प्राप्तिको भूमि पनि भनिन्छ, उहाँ उपलब्ध अवसरहरुलाई आत्मसात गरि एनआरएन अमेरिकाले आप्रवासी नेपालीहरुलाई व्यापार सम्बन्धमा विभिन्न सीपमूलक तालिम दिएर आफ्नो काम आफैं निर्धारण गर्ने मौका दिनुपर्ने र जसबाट अधिकांश नेपालीहरु आत्मनिर्भर हुने थापाले उल्लेख गर्नु भएको छ । थापाले दोहोरो नागरिकताको सम्बन्धमा गैरआवासीय नेपाली संघले उठाएका मुद्दाहरुलाई प्रभावकारी ढङ्गबाट उठाई नेपाल सरकार तथा अन्य सम्बन्धित निकायहरुमा दबाब दिनु जरुरी रहेको जनाउनुभएको छ ।

आगामी बर्षहरुमा बढीभन्दा बढी नेपालीहरुलाई एनआरएनमा आवद्ध गरी सबै नेपाली आवद्ध विशाल संस्था बनाउन पहल गर्ने प्रतिवद्धता पनि थापाले व्यक्त गर्नुभएको छ । उहाँले छिट्टै नै सबैसँग छलफल गरी आफ्नो भावी नीति र कार्यक्रमहरु प्रकाशमा ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

वहाको अपिल जस्ताको तस्तै
आदरणीय दाजु भाई तथा दीदि बहिनि हरु,
अमेरिका मा नेपाली आप्रबासी को रुपमा प्रवेश गरि, मैले बिगत १ दसक देखि सामाजिक सेवा मा समंल्गन रही नेपाल र नेपालीको सेवा गरेको कुरा यहाँ हरु सबै मा जग जाहेर नै छ । यहाँ हरु सबै को सहयोग एवं सद्भाव बाट मैले बिगत केहि बर्ष अगाडी वाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (वाना) को नेतृत्व गर्ने मौका पाएको थिए । उक्त अबधिमा वाना ले वाल्टिमोरमा मात्र होइन समस्त अमेरिकामानै एउटा सफल सामाजिक संस्था को भूमिका निर्बाह गरेको थियो ।

अमेरिकामा नेपाली पहिचान र संस्कृति विकास को लागि मैले गरेको योगदान को कदर गर्दै तपाई हरु सबैले गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएन यूएसए) को नेतृत्व तह मा जान बिभिन्न सामाजीक संजाल मार्फत तथा फाेन र इमेल मार्फत आग्रह गर्नु भएको मा यहाँहरुलाइ धेरै धरै धन्यवाद दिन चाहन्छु । साथै यहाँहरु सबै को अनुरोध लाइ सिरोपर गरि मैले एन आर एन यू यस ए को आसन्न निर्बाचन मा उपाध्यक्ष पद मा उम्मेदवारी दिन लागेको कुरा यहाँ हरु सबै लाइ अबगत गराउन चाहन्छु । अमेरिका मा हामी नेपाली आप्रबासी हरु नेपाली ब्रान्ड (एम्बेसेदोर) राजदूत हौ, हाम्रो हाउ भाउ , हाम्रो कला, हाम्रो संस्कृति ले हाम्रो नेपाली पहिचान प्रदर्सन गर्दछ l तसर्थ: अमेरिका मा जन्मेका र हुर्केका हाम्रा सन्तति हरु लाइ नेपाली भाषा र संस्कृति को बारेमा शिक्षा दिनु अपरिहार्य छ । यसकारण एनआरएन यूएसए ले विभिन्न राज्य हरुमा नेपाली भाषा सिकाउने केन्द्र खोलि नेपाली भाषा तथा संस्कृति सम्बन्धि शिक्षा दिनु जरुरि छ ।

rabina logo

अमेरिका लाइ मौका प्राप्तिको भूमि (Land of Opportunity) पनि भनिन्छ, यहाँ उपलब्ध अबसरहरु लाइ आत्मसात गरि एनआरएन यूएसए ले आप्रबासी नेपाली हरु लाइ व्यापार सम्बन्ध मा विभिन्न सिपमुलक तालिम दिएर आफ्नो काम आफै निर्धारण गर्ने मौका दिनु जरुरि छ । जसबाट अधिकांस नेपाली हरु लै आत्मनिर्भर हुने छन् । दोहरो नागरिकता को सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएन) ले उठाएका मुद्धा हरु लाइ प्रभाबकारी ढंग बाट उठाई नेपाल सरकार तथा अन्य सम्बंदित निकाय हरु मा दबाब दिनु जरुरि छ । अर्को कुरा याे बर्ष एनआरएन यूयसएमा बिगतमा भन्दा धेरै नेपालीकाे सहभागिता देखिएतापनी अमेरीकामा बस्ने अहिलेकाे नेपालीकाे संख्या केलाउने हाे भने याे निकै कम सहभागिता मान्न सकिन्छ । आगामी बर्ष हरु मा बढी भन्दा बढी नेपाली हरु लाई एनआरएन आबद्ध गरी एनआरएन लाइ सबै नेपालीको अाबद्ध बिशाल संस्था बनाउन म पहल गर्ने छु ।

आदरणीय दाजु भाई तथा दीदि बहिनि हरु, तपाईहरु सबै मान्यजनहरु मेरो प्रेणाको स्राेत हुनु हुन्छ, अब यहाँहरु सबै संग छलफल गरी आगामी दिन हरु मा म मेरो भाबी नीति तथा कार्यकम हरु प्रकाश मा ल्याउने छु । आशा छ यहाँ हरु सबै ले यस एनआरएन अभियान लाई प्रभाबकारी बनाउन मलाई सहयोग गर्नु हुने छ, यहाँ हरु को सहयोग बाट नै म मेरो गन्तब्य मा पुग्न सफल हुनेछु । मेरो गन्तब्य भनेकै एनआरएन यू एस ए हो र यो तपाई हामी सबै को आशा र भरोसा को केन्द्र पनि हो ।

धन्यवाद !

रबिना थापा
उपाध्यक्ष (उम्मेदवार)
एनआरएन एनसीसी युएसए

प्रतिक्रिया