धुवाले आँगन रगाउनै पर्छ

इनेप्लिज २०७१ फागुन १ गते ५:५३ मा प्रकाशित

Ram C Sharma (2)

 गुलाब रातो टक्र्याउछु धन्दा न मान भ्यालेंटैन

बैशालु तिम्रो नजरले भो भो न हान भ्यालेंटैन

आजको प्रेम दिनभरी लाइ टिकाउन सकेर

पिंजडा भित्र कैद भो भनि न ठान भ्यालेंटैन

पखेटा मेरो न काटे सम्म उडी नै रहन्छु

कैचीले हैन मायाले काट्छ यो जान भ्यालेंटैन

सकिन्छ माया लुकाउन एकदिन दुइदिन सकिन्छ

एकदिन न एकदिन भै हाल्छ हेर मैदान भ्यालेंटैन

बर्षको यौटा मायालु फेर्ने त्यो तिम्रो बानीले

गाउँ भरि हल्ला छ सुन थाप दुइ कान भ्यालेंटैन

जिन्दगि भरि बिताउने माया खोजेर पाउनलाई

धुवाले आँगन रगाउनै पर्छ त्यो छान भ्यालेंटैन

त्यसैले आज यो फूल दिन्छु दिनभरी टिकाउ

वैलिए पछि भबरा उड्छ रोजेर लान भ्यालेंटैन

प्रतिक्रिया