अमेरिकामा पनि गिटार लिएर आएको छु : वरिष्ठ गायक मधु क्षेत्री

इनेप्लिज २०७१ फागुन ६ गते २:५७ मा प्रकाशित

 

IMG_5629

डिसी, अमेरिका ।

अमेरिकामा भर हिमपातले जन जीवन अस्त व्यस्त बनाउदै थियो l हिमपातको कारण हाड चिस्याउने सिरेटो चल्दै पनि थियो l नेपालका वरिष्ठ गायक मधु क्षेत्री डिसी महानगर क्षेत्रमा हुनु हुन्छ भन्ने सुईको पाईयो l

वहालाई खोज्ने क्रममा सम्पर्क गराई दिने व्यक्ति नेदर ल्याण्डमा प्रधान कार्यालय रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका शाखाका सभापति आनन्दु लामाले भेट गराई दिए l पछि कुरै कुरामा गायक क्षेत्रीले आफु यसको उपाधक्ष्य पनि हु भन्नु भयो l

मैले वहासंग भला कुसारी गर्ने निधो गरे l माइनस( न्यूनतम) १२ को तापक्रममा उहाँसंग मेरो भेट भयो । वहा करिब आधा घण्टाको दूरी पार गर्दै छोरालाई लिएर टुप्लुक्क आई पुग्नु भयो l मैले आफै परिचय गरे l मैले यहाको प्रशंसक हु र दुई चार वटा गीत मलाई कण्ठ छ भनि दुई हरफ मैले पनि गुन गुनाई दिए l मुसुक्क हास्नु भयो ,सायद लय मिलेन होला l

वहा संग भेट गर्नु अगावै गफगाफ गर्ने जानकारी दिएको थिए l कुरा गर्दै जादा ५ महिना अगाडी देखि भर्जिनियामा छोरा संगै बस्दै आउनु भएको मधु क्षेत्री जानकारी दिनु भयो l

मैले भने म अन्तर्वार्ता लिन आएको हैन ,कुराकानीको माध्यम बाट केहि लिन्छु भन्न थाले पछि अकमक्क परेको जस्तो लाग्यो l र कुरा सुरु हुन् थाल्यो l मधु क्षेत्रीले गाएका लोकप्रिय गीतबाट भला कुसारी गर्ने कुरामा सहमति भयो l मैले त्यतिकै गाउनु भने l वहाले आफ्नो साथमा गिटार पनि ल्याउनु भएको रहेछ तर गाडी बाट ननिकाली भेटघाट गर्न आउनु भएको रहेछ l

sanjog 1

गिटार बजाउदै गर्दा अझ राम्रो होला कि भन्ने चाहना राख्नु भयो l छेउमा बसेका छोरा लाई हेर्दै गिटार लिएर आउनु भन्नु भयो l मैले सोधे ,गिटार साथ तयार साथ आउनु भएको हो ? वहाले कलाकार भएकोले गिटार सधै मेरो साथमा हुन्छ l यो बिना आफु अधुरो हुन्छु कि जस्तो लागेर अमेरिका आउदा नेपालबाट नै गिटार लिएर आएको हु भन्नु भयो l

गिटार साथ मधु क्षेत्रीले ….फुलै फुल मात्र पनि, हैन रहेछ जीवन ,काँडा बीच फुल्ने फुल रहेछ भन्ने गीत बाट कुराकानी सुरु भयो l सांगीतिक माहौल बन्दै गयो l अनि इतिहास बारे मैले जान्न चाहे ,र वहाले पहिलो गीत पछि आफ्ना राम कहानी सुनाउन थाल्नु भयो l

झन्डै ३ सय ५० जति गीत गाएको छु l २०३१ सालमा आफु बिरगंज बाट काठमाडौँ हानिए l त्यो पनि उच्च पढाईको लागि गएको किनभने बिरगंजमा महा बिद्यालयमा ज्यादा राजनीति हुने वातावरण भएकोले मन लागेन l राजनीतिबाट दुर रहने चाहन्थे कारण आफु गायन क्षेत्रमा लाग्नु थियो l

आफु काठमाडौँ आए पछि सोचेको भन्दा फरक भयो ,आफ्ना काकाले संचालन गरेको कपडा कारखानामा बजार व्यवस्थापकको रुपमा नियुक्ति दिनु भएकोले पढाई र गायनमा अलिक बाधा हुने अवस्था आउला कि जस्तो लाग्यो भन्दै तर प्रतिभा भने गायन क्षेत्रमा भएकोले उकुस मुकुस हुन् थाले l

गायन क्षेत्र र उच्च शिक्षाको लागि गएको मानिस किन भनि सवाल राख्दा , काकाले पढी सके पछि पनि उही जागिर खाने हो ,त्यो अवसर अहिले नै भएकोले किन अहिले न खाने भने पछि ,सोच्न बाध्य भै ,कुरा ठिक पनि हो जस्तो लागेर बजार प्रबन्धक भै प्रचार प्रसारमा हिडेको कबुल्नु भयो l

बजार हिड्ने तर गाउने मन भएकोले सिंह दरबारको रेडियो नेपाल छिर्ने र केहि बुझ्ने गर्थे l रेडियो नेपालको स्वर परीक्षणमा आधुनिक गीतमा उर्तिण भए पछि एउटा प्रमाण पत्र र केहि सानो टिपोट लेखेको दिएको रहेछ l

IMG_5597

रेडियो नेपालले दिएको प्रमाण पत्र र टिपोटलाई एक कुनामा राखेर रेडियो नेपालले आफै गीत गाउन बोलाउला भनि आज बोलाउला ,भोलि बोलाउला भन्दै पर्खदै जादा झन्डै ११ महिना बित्यो l पछि रेडियो नेपालले के लेखेर दिएको रहेछ भनि पढ्दा केवल १ महिना मात्र गाउने म्याद बाकी रहेको देख्दा निक्कै हतास लागेको बताए l

त्यो प्रमाण पत्रमा यस्तो लेखेको बताए ” तपाई ग श्रेणीमा उर्तिण हुनु भएको छ र यसको म्याद १२ महिनामा गुज्रिने छ भनि लेखेको थाहा पाए ,स्वर परिक्षणमा सफल भए पछि पहिला ग श्रेणीमा दिने प्रचलन छ र हाल आफु प्रतिष्ठित श्रेणीको गायकमा पर्छु भन्नु भयो l

१ महिना मात्र गाउने म्याद बाकी रहेकोले आफुले स्व कृष्ण बा खत्री संग भेटे l वहा संग नातिकाजी तथा शिब शंकर साथमा हुनु हुदो रहेछ पछि चिन्ने मौका पाए l

त्यो एक महिना भित्र गीत गाउँन नसके पुन स्वर परीक्षण दिनु पर्ने थियो l ११ महिना सम्म गीत गाउन न पाए पछि ,झोछेमा संगीत सिक्न पनि गए l

स्व कृष्ण बा खत्रीले आफुलाई फुच्चे देखेर के काम ले पाल्नु भयो भनि सोधेको ईतिहास सुनाउनु भयो मैले आधुनिक गीतको स्वर परीक्षणमा उतीर्ण गरेको छु भने पछि पहिलो लोक गीत जलाई हाल्यो सपक्क दाईले भन्ने गाए र त्यहाँ निक्कै भिड लागेको  थियो किनभने आधुनिक गीत गायकले लोक गीत गएकोले सायद त्यस्तो हुन् गएको हो कि भन्नु भयो l

त्यसको एक महिना अर्को गीत अभिलेखन गर्ने मौका पाए l मेरो पाण्डव सुनुवार र बासुदेव मुनाल संग परिचय भयो भन्दै झोछेमा उदित नारायण झा संग भेट भएको प्रसंग कोट्याउनु भयो l

उ गायक हो कि रेडियो नेपालको कर्मचारी मलाई थाहा थिएन lत्यहि ताका स्व मुकुन्द किशोर भट्टराई (दिपेश किशोर भट्टराईका पिता)ले एउटा गाना दिनु भै गाउन अनुरोध गरेको सम्झना गर्दै त्यो गीत मैले मिलेर गाउन चाहेकोले उदित नारायण झा संग २०३२ सालमा गएको त्यो गीत सर्बाधिक चल्यो l

त्यो गीतको बोल ” साईली र महिला पैला गएछन ,गाउँ घर नै सून्ने परेर …हामीलाई झुक्याई भागेछन बाउ बाजेको नाकै काटेर , त्यो भने पछि फेरी गीत फ़र्माईस गरे र पुन गिटार सहित त्यो गीत दुई हरफ गाई दिनु भयो l

IMG_5614

किन यो गीत प्रतिबन्धित भयो भनि सवाल राख्दा २०३२ सालमा गएको ,२०३४ सालमा अलिक छाडा भयो र त्यो बेलामा दरबारले पनि आपत्ति जनाएको जस्तो बुझिएकोले प्रतिबन्धित हुन पुगेको बताउनु भयो l

र पछि २०५९ सालमा मास्टर रेकर्ड डिंगले पुनर्मिश्रित गरि दिनेश डिसीले बनाएका थिए अहिले त्यो गीत कहाँ छ त्यति जानकारी न भएको बताउनु भयो l

गीत गाउन धेरै देश न गएको बताउदै नेपाल ,बंगलादेश तथा पाकिस्तानको सयुक्त लागानीमा निर्माण गरिएको जीवन ज्योति चलचित्रको गीत गाउन पाकिस्तान गएको बताउनु भयो ,र त्यो चलचित्रमा मेरो माल,फर्काई देउ बाबु ….भने गीत निक्कै चर्चित भयो l गीत को चर्चा चले पछि फेरी मलाई अत्यन्तै मन पर्ने गीत हुरीले उडाउन सकेन पत्थरले …..भन्ने गीत फ़र्माईस गर्न मन लाग्यो l मन राख्न ४ हरफ गाई दिनु भयो l

फेरी भला कुसारी तिर फर्क्यौ ,आफु पाठशाला हुदा खेरि नै गाउने गर्थे l बिशेष त म आफ्ना बिद्यालयका शिक्षकहरुको स्वरको र बोलेको हु बहु अभिनय गर्ने गर्थे र हसाउने गर्थे l

र ,म किसोर कुमारको धेरै गीत गाउथे भन्दै सायद रेडियो नेपालमा भोजपुरी गीत मैले नै रेकर्ड (अभिलेखन )गरेको हु l आफुले शम्भु जित बास्कोटा ,मिरा राणा ,उदित नारायण झा , प्रकाश श्रेष्ठ ,ज्ञानु राणा संग गएको चर्चा गर्दै बिभिन्न जात जातीको गीत गाएको बताउनु भयो l

सांगीतिक यात्रामा कलाकारहरु कहिले बुढो हुदैनन् र कहिले अवकास लिदैंनन जस्तो लाग्छ l त्यसको ज्वलन्त उदाहरण अमेरिका आउनु भन्दा अगाडी आफ्नै स्वर र संगीतमा एकल अल्बम “एक जुनी ” निकालेको छु l चलचित्रमामा पनि निक्कै गीत गएको चर्चा गर्दा फेरी मैले .पानी खाने निउले तिम्रो घर आउला भन्ने गीत फ़र्माईस गरे र वहाले गाई दिनु भयो l

मैले प्रसंग बस तपाई यस्तो ख्याती प्राप्त गायक हुनु हुन्छ भने तपाईका सन्तानमा यो गुण छ कि छैन भनि सवाल दिदा मेरा सबै छोराहरुमा गुण देखिएको छ l अमेरिकामा रहेका छोराहरु पनि गुनगुनाएको देख्छु भन्दै नेपालमा भएको कान्छो छोरो निक्कै तल्लिन देख्छु भन्नु भयो l

मेरा गीतका प्रसंशक तथा दर्शकहरुलाई यहि भला कुसारीमा गाएका गीत मार्फत समर्पित गर्न चाहन्छु l अमेरिकामा रहेता पनि गीत र संगीतलाई प्रबर्धन गर्ने मेरो मुख्य लक्ष्य रहेको बताउनु हुदै त्यसैले अमेरिकामा पनि गिटार लिएर आएको छु l

अझ साधनामा डुबुल्की मारी रहने बचन बद्धता सहित केहि हरफ गाईएका गीतले भए पनि मलाई मेरा प्रशंसक तथा दर्शकले मलाई सम्झनु हुने छ l माया गर्नु हुनेछ भन्ने विश्वास लिएको छु भन्दै आफ्ना दर्शकहरुलाई समर्पित गर्दै चिउरी बोटैमा गीत गाउदै बिदा माग्नु भो l

IMG_5631

प्रतिक्रिया