कवि विजय हितानको एकल कविता वाचन

इनेप्लिज २०७१ फागुन ६ गते ८:०८ मा प्रकाशित

 

Bijaya_Hitan_Group1
आसफोर्ड । विश्व नेपाली साहित्य महासङ्ग बेलायतको आयोजनामा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न भएको छ ।
अाइतबार युकेको आसफोर्डस्थित नेपाली रेष्टुरेण्टमा भएको सो कार्यक्रममा हितानले वातावरण , युद्ध साहित्य र प्रेमले ओतप्रोतले कविताहरु रोचक ढंगबाट वाचन गरेका थिए ।

Januka5 (1)
कवि हितानको एकल वाचन सकिएपछि साहित्यकार जानुका राईले वाचन गरिएका कविताका बारेमा समिक्षात्मक टिप्पणी गरेकी थिइन ।
सुमधुर वाचन र आप्नो सिर्जनाहरु निरन्तर रुपमा नेपाली समाजमा अगाडि बढाउनका निम्ती कवि हितानलाई प्रमुख अतिथि नेप्लिज कम्युनिटी आसफोर्डका अध्यक्ष सिरीप्रसाद लिम्बुले प्रोत्सहनस्वरुप प्रमाणपत्र हस्तान्तरण गरे ।
उनले यस्ता रचनात्मक कार्यले नै नयाँ विचार नयाँ समाजको विस्तार बन्ने बताएका थिए ।
विश्व नेपाली साहित्य महासङ्घ बेलायतका अध्यक्ष विश्वासदिप तिगेलाको सभापतित्वमा आयोजित कार्यक्रमका सन्चालन पत्रकार रोशन मेवाहाङ्गले गरेका थिए ।

Kristina6

प्रमुख अतिथि, महासंघका अध्यक्ष र स्रष्टाको संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरी औपचारिक उद्घाटन भएको कार्यक्रम महासङ्घका संरक्षक सदस्य सुरेन्द्र इङनामको बासुरी धुनबाट अघि बढेको थियो ।

Bijaya_Hitan_award3
एकल सिर्जना वाचनको समापनपछि कविहरु क्रिष्टिना घम, दधिबन्धु घर्तिमगर लगायत आधा दर्जन कविहरुले आ-आफ्नो सिर्जना पस्केका थिए ।
साहित्य महासङ्घ युकेले कवि केदार सुनुवार संकेत, कवि विक्रम सुब्बाको यसअघि नै एकल सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । कवि हितानको सिर्जना वाचन तेस्रो श्रृंखला रहेको र प्रस्तुत कविताहरु चाँडै नै अनलाईनमा उपलब्ध हुने महासङ्घ बेलायतले जानकारी दिएको छ।

 

प्रतिक्रिया