अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,महिला समितिको गठन

इनेप्लिज २०७१ फागुन ७ गते १:५९ मा प्रकाशित

INLS-logo

फाल्गुन ७ ,डिसी

,नेपाली महिला साहित्यकारहरुको विश्व विस्तारिकरण तथा उनिहरुको सिर्जना र प्रतिभालाई समान रुपले विश्व सामु चिनाउने प्रयासलाई अगाडि बढाउने हेतुले अनेसास महिला समिति गठन गरिएको छ l

अनेसास बोर्ड अफ ट्रष्टीका सह-उपाध्यक्ष तथा पूर्व अध्यक्ष गीता खत्री (न्युयोर्क) को संयोजकत्वमा समिति गठन भएको हो l जसको सह-संयोजकमा उन्नति बोहोरा शिला (नेपाल) र सीता पाण्डे (वाशिंगटन डिसी ) रहनु भएको छ भने सदस्य-सचिबमा शकुन्तला ज्ञवाली (न्युयोर्क )रहनु भएको छ l

यसैगरी सदस्यहरुमा विमला निरौला, (मेरिल्याण्ड ), लक्ष्मी राई (लारा) (बेलायत ) समाश्री ( इजरायल) पुनम काफ्ले (न्युजर्सी) , गंगा लिगल ( टेक्सास), लतिका जोशी ( भारत), जीवन अर्याल (जापान), ममता कर्माचार्य ( बोष्टन), सुजाता क्षेत्री (फ्रान्स), रोजी भट्टराई (अष्ट्रेलिया) रहनु भएको छ l

अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो l

प्रतिक्रिया