शुक्रवारबाट आबुधाबिमा नेपाली लगानीमा मोबाइल पसल संचालनमा आउदै

इनेप्लिज २०७१ फागुन ७ गते १७:५७ मा प्रकाशित

b1

आबुधाबी, फागुन ७ – यूएईको राजधानी शहर आबुधाबिको मुख्य बजारमा नेपालीको लगानीमा यहि शुक्रवारदेखि हिमालय मोबाइल फोन संचालनमा आउने भएको छ ।एनआरएनए यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालले दुबईमा स्थापित ब्यबशायी गोपी भुसाल र नेत्र शर्मासंग मिलेर उक्त मोबाइल फोन पसल संचालनमा ल्याउन लागेका हुन् । आबुधाबी सिटिको क्राउन प्लाजा होटेल पछाडी रहेको उक्त मोबाइल पसलमा अत्याधुनिक मोडेलका स्मार्ट फोनहरु, लेटेस्ट मोडेलका ल्यापटपहरु, आइप्याड, ट्याब्लेट तथा सो सम्बन्धि एक्सेसरिजहरु बिक्रिका लागि उपलब्ध हुनेछन् ।

त्यसका साथै हिमालय मोबाइल फोनले आफ्ना ग्राहकहरुलाई मोबाइल फोन मर्मतको सुबिधा पनि दिने भएको छ । डेढ दशक लामो जागिरे जीवनबाट बिदा लिंदै एनआरएनए यूएईका अध्यक्ष भुसालले आफ्नै लगानी र मिहिनेतमा केहि गर्ने सोच लिएर उक्त ब्यबशायमा लगानी गरेका हुन् । आफुलाई लामो समयदेखि हर तरहले सहयोग गर्दै आइरहेका अति निकटका मित्रहरु गोपी भुसाल र नेत्र शर्माको बिशेष पहलमा संयुक्त लगानी गर्दै ब्याबशायिक क्षेत्रमा अघि बढेको भुसाल बताउछन ।

झन्डै १ करोड रुपैयाको लगानीमा संचालनमा आउन लागेको उक्त मोबाइल पसल मार्फत खुद्रा बिक्रि संगसंगै थोक बिक्रि (होलसेल)लाई पनि अघि बढाइने आफुहरुको योजना रहेको प्रमुख ब्यबस्थापक भुसालले बताएका छन् । आबुधाबिका मोबाइल बिक्रि गर्ने अन्य बजार भन्दा सस्तो मुल्यमा हिमालय मोबाइल फोनले ग्राहकहरुलाई मोबाइल उपलब्ध गराउने वाचा गर्छन संचालक भुसाल । “हामीले आबुधाबिमा मोबाइल होलसेल बिक्रीका लागि कदम चालिसकेको हुँदा अन्यत्र भन्दा हामीकहाँ शुलभ दरमा मोबाइल प्राप्त हुनेमा शंका गर्नै पर्दैन” उनको भनाइ रहेको छ ।

२० फेब्रुअरी शुक्रवारबाट शुरु हुने उक्त हिमालय मोबाइल फोनले पहिलो दिन कुनैपनि सामग्री खरिद गर्ने आफ्ना ग्राहकलाई नाफा नराखी खरिद मूल्यमै बिक्रि गर्ने योजना बनाएको भुसालले बताए । त्यसैगरी संचालनको पहिलो दिन सामान खरिद गर्ने ग्राहकहरुमध्ये एक जनालाई गोलाप्रथा मार्फत आकर्षक पुरस्कारको समेत ब्यबस्था गरिएको उनले जानकारी गराएका छन् । “हिमालय मोबाइल फोनले ग्राहकको सन्तुष्टिलाई सदैव पहिलो प्राथमिकतामा राख्नेछ” उनि बताउछन ।किन मोबाइल बिक्रिलाइ नै आफ्नो रोजाइमा पार्नु भयो भन्ने प्रश्नमा भुसाल भन्छन् “पहिलो कुरा त समयको माग अनुसार अहिलेका युवा पुस्ताले स्मार्ट फोन र डिजिटल प्रबिधि बिनाको जीवन अधुरो ठानिसकेको छ । त्यसकारण यसको माग बजारमा दिनप्रतिदिन बढ्दो नै हुने कारण यसतर्फ बढी आकर्षित भएको हुँ । अर्को कुरा आबुधाबिमा अहिलेसम्म नेपालीको प्रत्यक्ष लगानीमा यो ब्यबशाय संचालनमा आएको छैन त्यसैले नेपालीहरुकै लगानीको बिचमा आपसी प्रतिस्पर्धा गर्नु नपरोस भन्ने मान्यताले पनि यसतर्फ आकर्षित गर्यो । नेपाली लगानीमा फरक किसिमको ब्यबशाय संचालन गर्न मन थियो” ।

डेढ दशक यूएईमा रहंदा समाजका लागि सकेसम्मको योगदान पुर्याएको भन्दै संचालक भुसालले अब यहाँ क्रियाशील सामाजिक क्षेत्रका साथीहरुको साथ, सहयोग र समर्थनको आशा गरेको बताए ।

हिजोदेखि संगसंगै भएका साथीहरु ब्याबशायिक रुपमा संगै हिंड्दा सफल भइन्छ भन्ने पूर्ण बिश्वास आफुलाई रहेको उनको भनाइ छ ।आगामी शुक्रवार दिउसो ठिक १ बजे यूएईका नेपाली समाजसेवीहरु, संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा यूएईका लागि नेपाली राजदुत धनन्जय झाको हातबाट उद्घाटन गर्दै सोहि दिनबाट ग्राहकहरुका लागि बिक्रि खुल्ला गरिने हिमालय मोबाइल फोनका संचालकहरुले बताएका छन् । उक्त दिन बिशेष छुट र आकर्षक उपहार समेत राखिएकाले बढी भन्दा बढी ग्राहकलाई हिमालय मोबाइल फोन पसल भ्रमण गर्न उनीहरुले संयुक्त आग्रह गरेका छन् ।

b 2

प्रतिक्रिया