अमेरिका बस्ने युवाहरुबाट ‘सानो घर’लाई सहयोग

इनेप्लिज २०७१ फागुन ७ गते १९:४१ मा प्रकाशित

 

 

 

hari bol 3चितवन, ७ फागुन । पूर्वी चितवनको रत्ननगर–२ स्थित सानो घरमा आश्रित १० जना अनाथ बालबालिकाहरुका लागि अमेरिकामा बसोबास गर्ने नेपालीहरुले सहयोग गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य एवम् वेस्ट टेक्ससका सभापति हरिबोल भण्डारीले ६० हजार रुपैयाँ सानो घरकी संरक्षक एवम् अध्यक्ष विमला श्रेष्ठलाई हस्तान्तरण गरे ।

अमेरिकामा सञ्चालित अनलाइन पत्रिका हिमालय खबर डटकमको संयोजनमा संकलित रकम सानो घरलाई प्रदान गरिएको हरिबोल भण्डारीले बताए । देश बाहिर रहे पनि मन भने नेपालभित्रै रहेको जनाउँदै उनले यस्तो परोपकारी कार्यमा सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेकोे बताए ।

hari bol

अमेरिका निवासी हरिबोल भण्डारीसहित प्रविन घिमिरे, अमृत सापकोटा, देवीप्रसाद पाण्डे राजु थापा र नेपाल अमेरिका पत्रकार संघका (नेजा) क्षेत्रिय संयोजक विकासराज न्यौपानेले उक्त सहयोग रकम जुटाएका हुन् । यसअघि पनि रत्ननगर–१० स्थित चेपाङ संरक्षण केन्द्रका लागि १ लाख ७५ हजार र सानो घरलाई २८ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । नेपालका विभिन्न ठाउँमा परोपकारमा जुटेका संस्थाहरुलाई सहयोग जुटाउँदै आएको भण्डारीले जानकारी दिए ।

hari-bol

कार्यक्रममा नेपाल स्काउटका जिल्ला आयुक्त एवम् समाजसेवी तीर्थराज न्यौपानेले अमेरिकामा बसेर पनि अनाथ र असहायहरुको सेवामा सहयोगी हातहरु फैलाउँदै आएकोमा सहयोगी दाताहरुप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं. ३ का सभापति चक्रबहादुर ठकुरीले मानिससँग धन भएरमात्र हुँदैन मन पनि चाहिन्छ भन्दै अमेरिकामा बस्ने मनकारी युवाको सहयोगी भावनाले धेरैलाई सहयोग गर्न जागरण थप्ने विश्वास व्यक्त गरे ।

1424324296_sahayog@us

कांग्रेसका काठमाडौँ क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्कीले हरेक संभावना व्यक्तिभित्र रहने जनाउँदै सानो घरका बालबालिका पनि भविष्यका राष्ट्र निर्माता हुनसक्ने बताए । अभिभावक गुमाएका बालबालिकालाई संरक्षित गरेर उनीहरुको भविष्य निर्माण गर्ने कार्यमा जुटेकोमा संस्थाकी अध्यक्ष श्रेष्ठलाई धन्यवाद दिए ।

hari bol 1

कार्यक्रममा कांग्रेस नेता लवराम दाहाल, कांग्रेसका पूर्व रत्ननगर नगरसभापति समरबहादुर मल्ल, पूर्व नगरसभापति महेशप्रसाद रौनियार, पत्रकार एवम् हिमालय खबर अनलाइन पत्रिकाका नेपाल सम्पादक केशव भट्टराई, चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मा, दिवाकर अर्याल, अपिल अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

1424324297_sahayog@us1

सानो घरकी संरक्षक एवम् अध्यक्ष विमला श्रेष्ठले एकल प्रयासबाट सुरु गरेको आफ्नो अभियानमा मन भएका दाताहरुले पु¥याएको सहयोगप्रति कृतज्ञता प्रकट गरिन् । यस्ता सहयोगले भविष्यमा अझै धेरै अनाथ बालबालिकालाई संरक्षित गरी आवास निर्माणको योजना रहेको बताइन् । सहयोगले सामाजिक अभियानमा लाग्न थप ऊर्जा मिलेको उनको भनाइ थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरुले संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया