सेना दिवस -डिसी दुताबासमा

इनेप्लिज २०७१ फागुन ९ गते ४:०९ मा प्रकाशित

IMG_5665

फाल्गुन ९ ,डिसी

हरेक बर्ष शिव रात्रिको शुभ अवसरमा मनाइने सेना दिवस नेपाली राजदुताबास वाशिंगटन डिसीले भव्यताको साथ मनाएको छ l

उक्त कार्यक्रममा नेपाली राजदुताबास वाशिंगटन डिसीका लागि रक्षा तथा सैनिक सहचारी हिमांशु खड्काले नेपाली सेनाले स्थापना काल देखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको बताउदै यो बिशेष महत्वपूर्ण दिवस भन्दै सेना दिवसको बारेमा संक्षेपमा जानकारी गराउनु भएको थियो l

उक्त सेना दिवस को उपलक्ष्यमा नेपाली दुताबासका कार्यबाहक राजदुत ऋषि राम घिमिरेले उपस्थित सबैलाई सेना दिवस २०७१ को उपलक्ष्यमा स्वागत गर्दै रक्षा तथा सैनिक सहचारी हिमांशु खड्काले आतिथ्य गर्नु भएकोमा धन्यबाद दिनु भएको थियो l

IMG_5670

घिमिरेले यस बिशेष अवसरमा नेपाली सेनालाई बिशेष धन्यवाद दिदै ,सुख सम्वृद्धिको कामना गर्दै कर्तब्य पालनको क्रममा देश र जनताको लागि बलिदान दिने प्रति श्रद्धांजलि अर्पण गर्नु भएको थियो l

कार्यबाहक राजदुत घिमिरेले २ सय ५० बर्ष देखि नै नेपाली सेनाले खेलेको ऐतिहासिक ,अतुलनीय ,प्रसंसनीय तथा स्मरणीय भूमिकाको चर्चा गर्दै देशप्रेम ,व्यवसायिकता तथा गैर राजनीतिक प्रवृति भनेको नै यसको सार आदर्श हो भन्नु भयो l

मुलुकको शान्ति, स्थायित्व र विकासका हरेक गतिविधिमा नेपाली सेनाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो l

मुलुकका पिछडिएका भूभागको विकासमा होस् या बातावरणीय सुरक्षा तथा प्राकृतिक प्रकोपमा नेपाली सेनाले सफलता पुर्वक आफ्नो क्षमता प्रदर्शन गरेको चर्चा गर्नु भयो l राष्ट्रिय सेनाको रुपमा मुलुकको विविध क्षेत्रमा गरेको प्रशंसनीय कार्यले नेपाली जनतामा सेनाप्रतिको विश्वास र भरोसा उल्लेखनीय रुपमा अभिवृद्धि भएको उल्लेख गर्नु भएको छ ।

IMG_5733

नेपाली सेनाले दोश्रो संबिधान सभाको निर्वाचनन गराउन खेलेको अहम भूमिकाको चर्चा गर्दै प्राकृतिक सम्पदाको संरक्षण र राष्ट्रको विकास निर्माणमा समेत पुर्‍याएको योगदान उदाहरणीय छ भन्नु भयो l

उक्त कार्यक्रममा अमेरिकन सेनामा कार्यरत बिशेष अतिथि तथा डिसी महानगर क्षेत्र वरपरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा रहेको थियो l

IMG_5711

प्रतिक्रिया