जिग्याँसुको दोस्रो गजल संग्रह ”जून हराएको रात ” विमोचन

इनेप्लिज २०७१ फागुन १० गते १३:०१ मा प्रकाशित

10363686_1035759639774630_5750623253493301213_n

काठमान्डू ,फागुन १०,

सुनिता राई : जहाँ नेपाली त्यहाँ नेपाली साहित्यको साधना । स्वदेश गैडाकोट घर भै यतिखेर मध्यपूर्व इज़रायललाइ आफ्नो कर्म क्षेत्र बनाइ नेपाली साहित्य आकाशलाइ उठाउन सदा तत्पर लागिरहनुहुने गजलकार कल्पना पौडेल ”जिग्याँसु” ले दोस्रो गजल संग्रह ”जून हराएको रात ” लिएर आफ्ना पाठक माझ आउनु भएको छ ।

दुई बर्ष अघि मात्रै प्रथम गजल संग्रह ” भावनाका भेलहरु ” प्रकाशित गर्नुहुने गजलकार जिग्याँसु ले यति छोटो समयमै दोस्रो गजल संग्रह लिएर आउनु भएको छ । फागुन ९ गत्ते २०७१ शनिबार हाम्रो मझेरी साहित्य प्रतिष्ठानको १५ औं बार्षिक उत्सबको अवसरमा ”जून हराएको रात ” दोस्रो गजल संग्रहको बिमोचन भएको थियो । उक्त गजल संग्रहमा जम्मा १०१ वटा सुन्दर गजलहरु समेटिएका छन् ।

नेपाली साहित्यलाई जस्तै माया जिग्याँसु अनाथ बालबालिकालाई पनि गर्नु हुन्छ । उहाँले आफ्नो गजल बिक्रि बाट आएको रकम अत्यन्त निम्न, असहाय विशेष चेपांग बस्तीका बालबच्चाहरुलाई पढाउने हेतु उहाँ आफैंले खोल्नु भएको परोपकारी संस्था ”कल्पना फाउन्डेसन” मार्फत सहयोग गर्नु भएको थियो । र, दोस्रो गजल ”जून हराएको रात ” पुस्तक बिक्रि बाट आएको सम्पूर्ण रकम उहाँ यसै ”कल्पना फाउन्डेसन” को कोषमा जम्मा गरि ती अनाथ , असहायाहाया बालबच्चा तथा आफ्नै सन्तान द्वारा अपहेलित भएका बृद्धा-बृद्ध हरुको सेवामा समर्पित गर्ने उहाँले नारीदर्पणलाइ जानकारी दिनु भयो ।

गजल संग्रह विमोचन गर्ने क्रममा गजलका शिखर पुरुष डा: घनश्याम न्यौपानेले परिश्रमी साहित्य क्षेत्रका समृद्धि र विकासका लागि एकता तथा सहकार्यको आबस्यकता रहेको जनाउनु भएको थियो । साहित्यकार गोविन्दराज विनोदी लागाय थुप्रै साहित्यकारहरुको रामरी जमघट रहेको थियो ।

नारी चेतना र देश भक्ति भावनाहरु समेटिएको यस गज़ल संग्रह ”जून हराएको रात” लाइ पनि प्रथम गजल संग्रह ”भावनाका भेलहरु” जस्तै प्रिय पाठक माझ प्रिय बन्न सकोस र सबैले माया गरिदिनुहुने छ भन्ने विस्वास लियेकिछु भन्नुहुन्छ गजलकार कल्पना पौडेल जिग्याँसु ।

Capture

प्रतिक्रिया