एम्बुलेन्स तोडफोड

इनेप्लिज २०७१ फागुन १० गते १४:५४ मा प्रकाशित

ambulance7पर्सा, ११ फागुन । रौतहटको खेसरैयाबाट बिरामी बोकी बीरगन्जतर्फ आउँदै गरेको अस्थायी सवारी नम्बर ४०४ को एम्बुलेन्सलाई सिमरामा आज ढुङ्गामुडा गरी तोडफोड गरिएको छ ।

मुधुमेह रोगबाट गम्भीर बिरामी भएका रौतहटको खेसरैया गाविस–८ निवासी वर्ष ७० का बिन्दालाल यादवलाई उपचारको लागि बीरगन्ज ल्याउने क्रममा आन्दोलनकारीले एम्बुलेन्समाथि ढुङ्गामुडा गरी तोडफोड गरेको एम्बुलेन्सका चालक अशोककुमार राउतले जानकारी दिनुभयो ।

आन्दोलनकारीले एम्बुलेन्समाथि प्रहार गरेको वियरको बोतल लागि बिरामी यादवसमेत घाइते भएको एम्बुलेन्सका चालक राउतले बताउनुभयो । एम्बुलेन्समाथि भएको ढुङ्गामुडा तथा बोतल प्रहारबाट सिसा फुटेको चालक राउतले जानकारी दिनुभयो ।

बिरामीको बीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराइएको छ ।

भूमिसुधार, मालपोत र नापीलगायतका सरकारी कार्यालयको एकीकृत सेवा केन्द्र सिमरामा खोल्ने सरकारी निर्णय स्थगन गरेको विरोधमा राजमार्ग अवरुद्ध गर्दै सिमाराबासीले गत शुक्रबारदेखि आम हड्ताल गर्दै आएका छन् ।

प्रतिक्रिया