सर्वश्रेष्ठ ओस्कार अवार्ड ‘बर्डम्यान’ ​चलचित्र​ ​​घोषित

इनेप्लिज २०७१ फागुन ११ गते ११:४९ मा प्रकाशित

unnamed

चलचित्र क्षेत्रको सर्वाधिक चर्चित ओस्कार अवार्ड गत आइतबार राति लस एन्जेलसको हलिवुडको डल्बी थेटरमा भएको ८७ औं संस्करणमा ४ विधामा अवार्ड जित्दै ‘बर्डम्यान’ सर्वश्रेष्ठ चलचित्र बनेको छ। चलचित्रका निर्देशक एल्हान्द्रो इनयारिटुले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।

वैज्ञानिक स्टेफन हकिङको जीवनमा आधारित फिल्म’द थेअरी अफ इभ्री थिंग’ का अभिनेता एडी रेडमायनेलाई सर्वश्रेष्ठ अभिनेताको अर्वाड प्रदान गरिएको छ। फिल्म’स्टिल एलिस’ बाट जुलियन मुरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

उत्कृष्ट सह-अभिनेताको अवार्ड’ह्विलेस’ फिल्मका जेके सिमन्सलाई दिइएको छ। त्यस्तै व्याइहुड फिल्मकी प्रिटेसिया आर्केटले उत्कृष्ट सहअभिनेत्रीको उपाधी जितेकी छन्।

oscar 2

एनिमेटेड फिल्ममा ‘विग हिरो ६’ उत्कृष्ट बनेको छ भने पोल्याण्डको’इडा’ फिल्मले विदेशी भाषाको उत्कृष्ट फिल्मको अवार्ड जितको छ।

ओस्कार जित्ने मुख्य विजेताहरु यसप्रकार छन् ।

सर्वश्रेष्ठ चलचित्र : बर्डमैन
सर्वश्रेष्ठ अभिनेता : ऐडी रेडमायने, फिल्म ‘द थ्योरी अफ एभ्रिथिङ्ग’
सर्वश्रेष्ठ अभिनेत्री : जुलियन मूर, फिल्म ‘स्टिल एलिस’
सर्वश्रेष्ठ निर्देशक : अलेजान्द्रो जी इर्नारितु, फिल्म ‘बर्डमैन’
बेस्ट सपोर्टिंङ एक्टर : जे.के. सिमन्स, फिल्म ‘व्हिपलैश’
बेस्ट सपोटिङ एक्ट्रेस : पेट्रिका, फिल्म ‘ब्वाइहुड’
बेस्ट कस्ट्यूम डिजाइन : मिलेना कानोनेरो, फिल्म ‘द ग्रैण्ड बुडापेस्ट होटल’
बेस्ट मेकअप र हेयर स्टाइल : फ्रान्सिस हैनन और मार्क कलियर, फिल्म ‘द ग्रैण्ड बुडापेस्ट होटल’
बेस्ट फरेन ल्याङग्वेज : पावेल पावलेकोविस्की, फिल्म ‘इदा’ (यूके)
बेस्ट सर्ट फिल्म, लाइव एक्शन : मेट क्रिकेबाय र जेम्स लुकास, फिल्म ‘द फोन कल’
बेस्ट डकुमेन्ट्री, सर्ट सबजेक्ट : एलेन गूसनबर्ग केंट र दाना पेरी, फिल्म ‘क्राइसिस हटलाइन : वेटरन प्रेस १
बेस्ट साउण्ड मिक्सिङ : क्रेग मान, बेन विल्किन्स, थोमस क्रुले, फिल्म ‘विपलेश’
बेस्ट साउण्ड एडिटिङ : एलन रोबर्ट मरे, बुब असमन, फिल्म ‘अमेरिकन स्नाइपर’ (२०१४)
बेस्ट फिचर एनिमेशन फिल्म : बिग हीरो ६
बेस्ट भिजुअल इफेक्ट : इन्टरस्टैलर
बेस्ट प्रोडक्शन डिजाइन : द ग्रैण्ड बुडापेस्ट होटल
बेस्ट डकुमेन्ट्री फिचर– सिटिजन फोर
बेस्ट एडिटिङ– व्हिपलेश

Eddie Redmayne

प्रतिक्रिया