तुलसिनाथ घिमिरे को चौथो कृति “बिबिध धर्म” सार्बजनिक

इनेप्लिज २०७१ फागुन ११ गते १६:४० मा प्रकाशित

 

 

BiBidh Dharma Bimochan_INLS Houston Chapterह्युस्टन, टेक्सास | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरले कृतिकार तुलसीनाथ घिमिरे ज्यु द्वारा लिखित चौथो कृति “विविध धर्म” नामक धार्मिक पुस्तक विमोचन गरेको छ | लेखक श्री तुलसीनाथ घिमिरेको यो चौथो कृति हो| यस अघी उहाले १. इटाली र अस्ट्रेलियाल रमाइला सम्झना २. स्मृतिको आवर्तामा ३. सत्तरी बर्षपछि फर्केर हेर्दा कृति हरु प्रकासित भैसकेका छन्|
विमोचन कार्य संस्थापक अध्य्क्ष गंगा लिगल द्वारा सम्पन्न भएको थियो | सरस्वतीको फोटोमा फुल माला लगाई दिनी अध्यक्ष ज्यु बाट उद्घाटन भयो | गंगा लिगल ज्यु बाट लेखक तुलसी घिमिरे ज्यु लाई प्रमाण-पत्रका साथै खादा ओढाई सम्मान गर्नु भयो भने वहाँको श्रीमती रमा घिमिरे लाई पनि खादा र फुल मालाले सम्मान गर्नु भयो |

उपाध्य्क्ष शेष शर्मा ज्यु बाट स्वागत भाषण भयो बाल पाठशालाका वालबालिकाहरु र गुरु आमा बिद्या गौतम र हरिकला काफ्ले बाट सरस्वती बन्दना र राष्ट्रिय गान बाट कार्यक्रम शुरुवात गरियो | यस पछि पुस्तक विमोचन कार्य अध्यक्ष ज्युबाट सम्पन्न भयो | तुलसी घिमिरे ज्युले आफ्नो कृति बारे छोटो मिठो वर्णन गर्नु भयो भने रत्न निरौला ज्युले अत्यन्त रसिलो मिठो तरिका बाट समीक्षा गर्नु भयो | यस छोटो कार्यक्रममा रमणियता थप्नलाई सरिता आचार्य ले अति मिठो गीत गएर बाताबरणलाई अत्यन्त रोमाञ्चकारीतामा ढाल्नु भयो |

अन्तमा विसर्जन भाषणको सन्दर्भमा गंगा लिगल ज्युले सभालाई सहित्य भय बनाउन सानो कविताबाट शुरु गर्नु भयो |

“सहित्य नै हो दियो देशको
यो जुग हो प्रकाश पुञ्जको
जती बल्यो उति प्रबल हुने
सदमा आनन्दको ज्योत्स्ना दिने” |
उहाले हामी प्रबासी नेपालीहरु हाम्रो देशको भाषा संस्कृति लाई सम्बर्धन गर्न लगनशील हुनुका साथै साहित्य को आलोकलाई संसार भरी छरेर अविरल अविछिन्न रुपले बिश्व भरि हेर्न पुर्याउने कार्यमा कटिबद्ध छौ तसर्थ यसमा सम्पूर्ण महानुभावको पनि सहयोग आवश्यक छ भन्नु भयो | यस पछि सम्पूर्ण उपस्थितलाई धन्यवाद दिदै सभा बिसर्जन गर्नु भयो |

प्रतिक्रिया