चार प्रतियोगिता अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता हुदै

इनेप्लिज २०७१ फागुन १२ गते १७:४३ मा प्रकाशित

 

15022439Nepali Participant (2)

चार दिनसम्म इप्लानेटको चार प्रतियोगिता अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको आयोजना तथा कुशल व्यवस्थापनमा २०१५ का लागि सिंगापुरमा आयोजित एसिया प्यासिफिक प्रेस्टिजियस विजनेस व्राण्ड अर्वाड मा आपनो आधिपत्य हासिल गर्न सफल तथा नेपालका लागि अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सर्वााधिक १४ अर्वाड उपाधि जिताउन सफल संस्था इप्लानेटले आपना वार्षिक कार्यक्रमका संस्करणहरु क्रमश लिटिल मिस युनिभर्स, मिस टिन युनिभर्स, मिस इन्टरनेशनल तथा मिसेज नेपालका लागि औपचारिक रुपमा आवेदन खुल्ला गरेको छ ।

सुन्दरी छनौंट गर्ने परम्परागत शैलीलाई त्याग्दै इ–प्लानेटले लगातार चार दिनसम्म भिन्न चार सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको छ । इप्लानेटले नेपालमै पहिलोटपक सामाजिक सेवाका आधारमा सुन्दरीको दक्षताको मुल्यांकन गरी सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार ‘लिटिल मिस नेपाल’, ‘मिस टिन इन्टरनेसनल’, ‘मिसेस नेपाल’ र ‘मिस इन्टरनेसनल नेपाल’जस्ता भिन्दाभिन्दै चारवटा अन्तर्राष्ट्रिय शैलीका सौन्दर्य प्रतियोगिता आयोजना गरिनेछ । ‘प्रतियोगितामा सुन्दरीहरुले बौद्धिकतास“गै सामाजिक कामको समेत योजना बनाएर निर्णायकलाई प्रभावित पार्नुपर्नेछ र सोहीअनुसार आपूmले घोषणा गरेका सामाजिक कार्यहरु गरी समाजलाई समेत योगदान दिनुपर्नेछ,’अन्तराष्ट्रिय कार्यक्रमका लागि राष्ट्रिय निर्देशक समेत रहेका सापकोटाले भने,‘जसकारण राम्रो, बौद्धिक र योग्य सुन्दरीको छनौंट गर्न सजिलो हुनेछ ।’ उनका अनुसार प्रतियोगितामा सहभागी सुन्दरीले एक वर्षको सामाजिक कामको तालिका बनाउनु पर्नेछ ।

सापकोटाका अनुसार चारवटै प्रतियोगिताका विजयीलाई विभिन्न मुलुकमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराइनेछ । प्रतियोगिहरुलाई एक महिनासम्म रोजिन शाक्यल कोरियोग्राफी गर्नेछन् भने विभिन्न क्षेत्रका स्थापित व्यक्तित्व प्रशिक्षकहरुले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिनेछन् ।
प्रतियोगिताका लागि अघिल्ला वर्षहरु झैं यस वर्ष पनि क्षेत्रिय विजेता तथा उपविजेतालाइ कार्यक्रममा डाइरेक्ट इन्टी्र दिइने जानकारी गराएको छ । पोखरा,चितवन तथा विरगंजमा क्षेत्रिय प्रतियोगिता हालै सम्पन्न भइसकेका छन् । नेपालको इतिहासमै पहिलोपटक अन्तराष्ट्रिय प्रतियोगिता मिस हेरिटेज इन्टरनेशनल को आयोजना तथा कुशल व्यवस्थापन गरिसकेको इप्लानेटले विगतका वर्षहरु जस्तै चारै प्रतियोगिता एउटै मञ्चमा सम्पन्न गराउने जानकारी गराएको हो ।

चारवटै प्रतियोगिता अन्र्तगत ७ देखि १४ वर्ष उमेर समूहका बालिका सहभागी हुने ‘लिटिल मिस नेपाल’ प्रतियोगिताका विभिन्न उमेर समूहका विजेताले २०१५ को अगस्टमा जर्जियामा आयोजना हुने ‘लिटिल मिस युनिभर्स’ नामक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्नेछन् । यसैगरी १५ वर्षदेखि १९ वर्ष उमेर समूहका बालिकाका लागि हुने ‘मिस टिन इन्टरनेसनल’ प्रतियोगिताका विजयीले ‘टिन युनिभर्स’ प्रतियोगितामा सहभागी हुनेछिन् । २१ वर्षदेखि ५५ वर्ष उमेर समूहका विवाहित नेपाली महिलाले सहभागिता जनाउन पाउने ‘मिसेस नेपाल’ले गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यताबाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउने किसिमसम्मका काममा सक्रिय सहभागीता जनाउने अवसर प्रदान गर्नेछ । यो प्रतियोगिताको बिजेताले सन् २०१५ मा बेलारुसमा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै आजका प्रतिभावान र बौद्धिक युवतीको क्षमतालाई सबैसामू उजागर गर्ने उद्देश्यले १८ देखि २७ वर्ष उमेर समूहका युवतीका लागि ‘मिस इन्टरनेसनल नेपाल’ प्रतियोगिता एउटा महत्वपूर्ण प्रतियोगिता हो । व्यक्तिगत, व्यावसायिक र बौद्धिक क्षमतालाई विभिन्न प्रतिष्पर्धीको अगाडि प्रस्तुत गरेर विजेता बन्ने सुन्दरीले सन् २०१५ को नोभेम्बरमा ‘मिस इन्टरकन्टिनेन्टल’ मा देशलाई चिनाउने अवसर प्राप्त गर्नेछिन् । यी चारै प्रतियोगिताका लागि चर्चित युवा ड्रेस डिजाइनर समा बानुले सुन्दरीहरुको ड्रेस डिजाइन गर्नेछिन् भने वरिष्ठ फोटोग्राफर शिवलाल श्रेष्ठले फोटोसेसन गर्नेछन् ।
यसअघि इप्लानेटले नै लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागिता जनाउन गएकी २०१४ को लिटिल मिस नेपाल’ प्रतियोगिताकी विजेता दृष्टि दाहाल ले प्रतियोगिताको शिर्ष उपाधि चुम्न सफल भएकी थिइन् । त्यस्तै ‘चिल्ड्रेन अफ द युनिभर्स’मा सहभागिता जनाउन पठाएका ४ प्रतियोगीमध्ये रोजा पाण्डेले शिर्ष उपाधिसहित ‘पर्सनालिटी’ ,पराग काफले ‘ट्यालेन्ट अवार्ड’ तथा अनिसा थापाले ‘स्टार फष्ट रनरअप’ र दिव्यश्वरी भट्टराईले ‘सुपर ग्रेस फष्ट रनरअप अर्वाड’ जितेका थिए । सिंगापुरमा आयोजित मिस टिन एसिया प्यासिफिकमा सहभागि सोनिना गुरुड.ले गुडविल एम्वासडर अर्वाड जित्न सफल भएकी थिइन् । त्यस्तै अमेरिकाको अरुबामा भएको ‘मिसेस युनिभर्स २०१३’ मा सहभागी नेपाली प्रतियोगि मिना घिमिरेले ‘मिसेस इन्टेलिजेन्ट’ विधाको अवार्ड पोल्टामा पारेकी थिइन् । त्यस्तै मिसेज नेपालकै अर्कि प्रतियोगि रजनी थापाले चिनमा आयोजित मिसेज ग्लोब २०१३ मा फिलेन्थ्रोपी अर्वाड तथा मलेसियामा आयोजित मिसेस युनिभर्स २०१४ मा मिसेज ब्युटिफुल अर्वाड साथै मिसेज ग्लोब २०१४ मै पुनः लिडर अफ दि इयर गरि ३ वटा अन्तर्राष्ट्रिय विधाको अवार्ड पोल्टामा बटुलेकी थिइन् ।
स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको संस्थाले अन्तर्राष्ट्रिय रुपमा चौथोेपटक लगातार सफलतापूर्वक ‘मिस नेपाल युएसए’ सम्पन्न गरिसकेको छ । यी दुई अन्तर्राष्ट्रिय प्रतियोगिता बाहेक संस्थाले लिटिल मिस नेपाल, मिस टिन इन्टरनेसनल, मिसेस नेपाल, हेण्ड्सम नेपाल र मिस इन्टरनेसनल नेपालजस्ता प्रतिष्ठित प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । सौन्दर्य भित्रको बौद्दिकता भन्ने नाराका साथ आयोजना हुने क्रमश लिटिल मिस युनिभर्स (उमेर समुह ७ देखि १४) , मिस टिन युनिभर्स (उमेर समुह १५ देखि १९) ,मिस इन्टरनेशनल (उमेर समुह २० देखि २४) तथा मिसेज नेपाल (उमेर समुह २१ देखि ५५) अन्तगर्त प्रतियोगिताको लाथि प्रतियोगि चयन गरिनेछ भने प्रतियोगिताको को लागि अडिसन मिति चैत २१ र २८ तद्अनुसार अप्रिल महिनाको ४ र ११ तारिख निश्चित गरिएको छ भने कार्यक्रमको अन्तिम स्पर्धा बैशाख १९ गते अप्रिल २५ तारिखका दिन सम्पन्न गरिने भएको छ ।

स्रोत:डिसी नेपाल

प्रतिक्रिया