एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीलाई पितृ शोक

इनेप्लिज २०७१ फागुन १४ गते २२:०२ मा प्रकाशित
pralhad 1
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीलाई पितृ शोक परेको छ l बिक्रम सम्बत १९७८ मा काठमाडौँको महाराजगंजमा जन्मनु भएका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीका पिता राजेन्द्र बहादुर केसीको गत २०७१ माघ २२ बिहिबार ९३ बर्षको उमेरमा असामयिक निधन हुन् गएको छ l
स्व राजेन्द्र बहादुर केसीले बिएबिएड औपचारिक शिक्षा हासिल गर्नु भै ध्रुबतारा ,बुढानिलकण्ठ ,बाल कल्याण केन्द्र लगायत अन्य शैक्षिक क्षेत्रमा लामो समय सम्म सेवा पुर्याउनु भएको थियो l
नेपालीलाई मुटु छुने लेख थुप्रै लेख्नु भएका स्व केसी दक्षिणबाहु पनि प्राप्त गर्नु भएको छ l  राधा कृष्णका परम भक्त स्व केसीले बुढानिलकण्ठमा श्री लक्ष्मी नारायण को मुर्ति स्थापना गर्नु भएको छ l
१८ बर्षको उमेर देखि शिक्षण पेसाको सुरुवात भिमफेदी बाट गर्दै काठमाडौँ उपत्यकाका विभिन्न पाठशालामा सेवा पुर्याउनु भएको छ l
स्व केसीको श्रीमती ,३ छोरा र ५ छोरी हुनु हुन्छ l जेठो छोरो बिमान चालक क्याप्टेन सुदर्सन केसी ,माईलो छोरा अमेरिकामा ३ दशक भन्दा ज्यादा समय देखि बसोबास गर्दै आउनु भएका अभियन्ता प्रल्हाद केसी (अमेरिका )तथा कान्छो छोरा अभियन्ता गोविन्द केसी हुनु हुन्छ l
समाज सेवी स्व केसीले नेपाली शिक्षालाई अन्तर राष्ट्रिय जगतमा चिनाउन धेरै मेहनत गर्नु भएको छ l वहाले धार्मिक कीर्तिको साथै भजन पनि लेख्नु भएको छ l
स्वर्गीय पार्थिव शरीर हामीलाई छोडेर गए पनि वहाले नेपाल र नेपालीलाई छोडेर गएका कार्यहरु अमिट रुपमा रही रहने छन् l
यस दुखत घडीमा अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेपलिज़ डटकम परिवार हार्दिक श्रदान्जली साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछ l
 
pralhad 2

प्रतिक्रिया