नेपाल परिवारसहित छिट्टै आउछुः नायक खान

इनेप्लिज २०७१ फागुन २७ गते ११:२५ मा प्रकाशित

NRN2-335x223

काठमाडौं । हिन्दी चलचित्र उद्योग बलिउडको बादशाहको उपाधी पाएका नायक शाहरुख खानले नेपालमा फेरि छिट्टै आफू परिवारसहित घुम्न आउने बताएका छन । निरोल्याक पेन्टसले सञ्चालन गर्न लागेको वातावरण मैत्री सामाजिक अभियानको उद्घाटन गर्न राजधानी आएका खानले ह्ययात होटलमा नेपालमा पाएको मायाले आफू अत्यन्त उत्साही भएको बताए ।
निजी विमानबाट काठमाडौं आएका खानले १६ बर्ष पछि आफू नेपाल आएको बताउँदै आफ्नो तेस्रो भ्रमण छिट्टै हुने बताए। उनले भने –यति राम्रो देशमा आउन यत्रो ग्याप भयो अब परिवार सहित छिट्टै आउने छु । उनि सोमबार राती नै फर्किएका छन् ।

प्रतिक्रिया