एनआरएन अमेरिकाको सहसचिवमा पुष्पलताको उम्मेदवारी

इनेप्लिज २०७१ फागुन २७ गते ११:३६ मा प्रकाशित

IMG_2660

एनआरएन एनसीसी अमेरिकाको सहसचिव पदमा पुष्पलता भण्डारीले उम्मेदवारी दिनु हुने भएको छ । आप्रवासीहरुको अधिकार, हक, हितका लागि र समस्याहरुको समाधानका लागि भण्डारीले उम्मेदवारी दिने स्पष्ट पार्नुभएको छ ।

बिद्यार्थी जीवनमा नै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय रहनु भएका उहाँले २०४२ साल र २०४६ सालको जनआन्दोलनमा महोत्तरी र धनुषा जिल्लामा महिला प्रतिनिधिको प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो ।

सन् २००१ देखि अमेरिकाको टेक्सास डीएफडब्लुमा बसोबास गर्दै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहनु भएका उहाँले विदेशी भूमिमा नेपाल र नेपालीको पहिचानका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ ।

देशमा अमनचयन, शान्ति, सामाजिक, राजनीतिक र आर्थिक विकासमा सहयोग पु¥याउन, नारीप्रतिको दमन र हिंसाको विरोध गर्न, नारी सशक्तिकरणको खोज गर्न र स्वदेश वा विदेशमा सही व्यक्तिको छनोट र पहिचान गर्न, एनआरएनलाई जातीय, दलिय र गूटबन्दी र राजनीतिरहित बनाएर सबै एकजूट भई मातृ भुमिलाई मार्गदर्शन दिनका लागि आफूले उम्मेदवारी दिन लागेको समेत उहाँले प्रष्ट पार्नुभएको छ

IMG_2661

प्रतिक्रिया