एटलान्टा होलि यसरी मनाईयो

इनेप्लिज २०७१ फागुन २७ गते २२:०१ मा प्रकाशित

atlanta 1

रंगहरुको पर्व फागु अर्थात होली गत हप्ता विहीबार नेपालका पहाडी जिल्लाहरुमा र तराईका जिल्लाहरुमा गत हप्ताको शुक्रबार हर्षोल्लासका साथ मनाईयो l

अमेरिकाको एटलान्टामा बसोबास गर्ने नेपाली समुदायले पनि एक अर्कालाई विभिन्न रङहरु दलेर हर्षोल्लासका साथ भब्य होलि खेलेका छन् l रंग, प्रेम, सङ्गीत, र मिष्ठान्नको संगम फागुपूर्णिमा विदेशमा पनि नेपाली समुदायले मनाउने गरेका छन् l

सबैमा भ्रातृत्व र एकताको सन्देश प्रवाह गर्ने होलीको प्रमुख विशेषता रहेकोले नेपाली समुदाय संग होलि खेलिएको एटलान्टामा बसोबास गर्दै आएका समाजसेवी तथा एनआरएन आइसीसीका सदस्य (अमेरिका)का राजा घलेले बताए l

नेपालमा मनाईने विभिन्न संस्कृतिहरु मध्ये फागुपूर्णिमा होली नेपालीहरुका लागि मौलिक संस्कृति भएको हुदा यो विदेशमा पनि छोड्ने कुरै हुदैन भनि घलेले बताए l

वसन्तऋतुको आगमनको उल्लासमे वाातावरण संगै फागुन महिनामा मनाईने यस पर्वमा पुराना कटुता समाप्त गरेर दुस्मनी बिर्सेर एक आपसमा खुशी साट्ने दिनका रुपमा मनाईन्छ ।

atlanta 3

प्रतिक्रिया