NRNA मा सक्षम् नेतृत्वको आवश्यकता – राम सी पोख्रेल

इनेप्लिज २०७१ फागुन २९ गते ७:३५ मा प्रकाशित

ram-dai

परोपकार पुण्याय पापाय परपिडकम भन्ने मन्त्रलाई आत्मसात गर्दै नेपालीहरुको सम्बन्ध समर्पित हुन पाउदा मलाई ज्यादै गर्वको महसुस गरेको छु । डेढ दशक भन्दा लामो समयको सामाजिक कामको यात्राले मलाई यस क्षेत्रमा अगाडी बढने आट र प्रेरणा प्रदान गरेको छ । त्यसैले आगामी दुइ वर्षको लागि NRNA-NCC USA को उपाध्यक्षको माध्यमबाट गैरआवासिय नेपालीहरुको समुन्नती र सेवामा समर्पित रहने अठोट गरको छु । नेपाली माटोमा जन्मिएर विविध कारणले विदेशलाई कर्मभूमि बनाउने नेपालीहरुको हितको लागि होस वा नेपालमै रहेका दिन दुखीको लागि होस NRNA को अग्र भूमिका प्रशंसनिय रहेको छ । बाल्यअवस्थामाबाट युवा अवस्थामा भर्खरै बामे सर्दै गरेको यस संस्थाले विगतको छोटो समयमा ज्यादै महत्वपूर्ण सफलता हासिल गरेको छ । संसारभरि छरिएका नेपालीहरुको सपना र भरोसाको आधार बन्न पुगेको छ ।
गत केही वर्षदेखि अमेरिकामा पनि यस संस्थाको आकर्षण र लोकप्रियता बढदै गएको हामी सबैले अनुभव गरेका छौ । विगतका कमी कमजोरीलाई केलाएर बस्नु भन्दा पनि ठोस र असल कार्यहरुलाई अगाडि बढाउन आवश्यक हुन्छ । सबैले स्वीकार गर्न सक्ने सक्षम, प्रतिभावान नेतृत्वको निर्माण गरेर NRNA-NCC USA लाई नया गति दिनु आजको आवश्यकता हो । यसै वास्तविकतालाई आत्मसात गर्दै मैले उपादक्ष्य पदको घोषणा गरी, यहाहरुको भरोसा र बिश्वास को आशा राखेर NRNA को आगामी चुनाबमा स्वछा प्रतिस्पर्धाको को लागि चुनाबी प्रक्रियामा उभियको छु I

प्रार्थी
राम सी पोखरेल
उपाध्यक्ष पदको उम्मेदवार
एन. आर. एन. एन. सी.सी.
यू. एस. ए

प्रतिक्रिया