कांग्रेस युवा नेता गगन थापा पोर्चुगल आउने निश्चित

इनेप्लिज २०७१ चैत ५ गते १८:३४ मा प्रकाशित
unnamed
लिस्वन, नेपाली जनसम्पर्क समिति पोर्चुगल को चौथो अधिबेशनमा सहभागी हुन नेपाली कांग्रेस का चर्चित युवा नेताहरु लिस्वन आउने भएका छन l नेपाली कांग्रेसका युवा नेता केन्दिय सदस्य एवं प्रशिक्षक धनराज गुरुगं, केन्दिय सदस्य सर्वाधिक लोकप्रिय प्रखर युवा नेता गगन कुमार थापा र जनसम्पर्क समन्वय विभाग प्रमुख अर्जुन प्रसाद जोशी पोर्चुगल आउने निश्चित भएको बताईएको छ l अधिवेशनमा भाग लिन युरोपका विभिन्न देशका जनसम्पर्क समितिका अध्यक्ष, पदाधिकारी, निवर्तमान पदाधिकारीहरुको समेत सहभागिता रहने समितिले जनाएको छ l २९ मार्चका लागी तय गरिएको महाधिवेशनमा भाग लिन कांग्रेसजनहरु लिस्वन आउन लागेका हुन् l
सन् २००६ मा स्थापित जनसम्पर्क समिति पोर्चुगलको नियम कानुन अनुसार दर्ता गरिएको एक अग्रणी संस्था हो l सांगठनिक तथा संख्यात्मक दृष्टिकोणले समेत बलियो मानिएको यस संस्थाको नयाँ नेतृत्व के कस्तो हुने भन्ने चासो पोर्चुगलका आम नेपाली माझ रहेको छ l
समितिले नेपालमा भैपरी आउने दैवी बिपत्ति, परोपकारी काममा सहयोग एबम पोर्चुगलका नेपालीहरुका समस्या समाधानार्थ प्रभावकारी भूमिका खेल्दै आएको छ l
सम्भवत युरोपमै पहिलो रक्तदान कार्यक्रमको आयोजना गरि महान मानवीय सहयोगका लागी समर्पित यो संस्थाले पोर्चुगलमा २ पटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ l साथै नेपालका लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेस पार्टीलाई सहयोग एबम एक्यबद्धता जनाउदै आएको छ l
यसअघि समितिले विभिन्न समयमा आयोजना गरेका कार्यक्रमहरुमा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, सुजाता कोइराला, आरजु देउवा, प्रकाशशरण महत, अर्जुन जोशी लगायतका नेताहरुले सहभागिता जनाईसकेका छन् l
सन् २००६ को संथापना काल देखि २ कार्यकाल संस्थापक अध्यक्ष पूर्ण हमाल र तेस्रो अधिवेशन मार्फत लक्ष्मि प्रसाद सापकोटाले समितिको नेतृत्व गर्दै आएका छन् l हालसम्मका दुवै नेताहरुले यसअघि गैर आवाशीय नेपाली संघ पोर्चुगलको नेतृत्व समेत सम्हालिसकेका छन  l
यसअघि सहमतिका आधारमा नेतृत्व चयन भएता पनि अध्यक्ष लगायतका पदाधिकारीको लागी कांग्रेसजनहरुका माझ तछाडमछाड चाही भएकै हो l पोर्चुगलका कांग्रेसीहरुले युरोपका अन्य देशहरुमा जस्तो नेतृत्वको लागी निर्वाचनमा भने गएका छैनन l कांग्रेस केन्द्र देखी गाउसम्म देखिदै आएको गुटबन्दीको रोग भने यहाँ हालसम्म देखिएको छैन l
पोर्चुगल कांग्रेसको नेतृत्वको लागी बर्तमान उपाध्यक्ष, महामन्त्री, पूर्व उपाध्यक्ष तथा सल्लाहकार समेत आकांक्षी देखिएता पनि बर्तमान अध्यक्ष सापकोटालाई नै निरन्तरता दिईने सम्भावनालाई भने नकार्न सकिदैन l त्यस्तै अध्यक्ष बाहेकका पदाधिकारीहरुको लागी पनि आकांक्षीहरु त्यतिकै उत्साहित रहेको देखिन्छ l
कार्यरत र नव-आगन्तुकहरुलाई समेत चित्त बुझाएर आगामी कार्यसमिति चयन गर्ने बिषय नेतृत्वलाई पक्कै पनि सहज देखिदैन l सबै समेटिने गरि समावेशी कार्य समिति चयन गर्नु चुनौतीको बिषय नै हो l नेतृत्वले जिम्मेवारीपूर्वक सहि र सम्मानजनक निर्णय नगरेको खण्डमा अन्य देशमा झैँ पोर्चुगल कांग्रेस पनि फुट,गुट र उपगुट को शिकार बन्ने हो की भन्ने चिन्ता कांग्रेसीहरु माझ छ l
नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यता बनाउने काम तिब्ररुपमा अघि बढिरहेको र केन्द्रले तोकेको मापदण्ड अनुसार सदस्यता बनाउन सकेको खण्डमा तिन महासमिति सदस्य र चार महाधिवेशन प्रतिनिधि छनौट गर्ने हैसियत जनसम्पर्क समिति पोर्चुगलले राख्दछ l त्यसैले यो अधिवेशन झनै अर्थपूर्ण रहेको बताउछन् कांग्रेसजनहरु l कांग्रेस महाधिवेशनमा मतदान गर्ने अधिकार रहने महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छनौट पनि कम चुनौतीपूर्ण छैन l
अधिवेशनमा स्थानिय कलाकारहरुद्धारा बिशेष सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ l यसैबीच अध्यक्ष सापकोटाले अधिवेशनलाई भव्यता पूर्वक सम्पन्न गर्न पोर्चुगलबासी लोकतन्त्रप्रेमी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफनो-आफनो स्थानबाट सहयोग गरिदिनु हुन आब्हान गरेका छन l यसपटक कांग्रेसका युवा नेताहरु अधिवेशनमा सहभागी हुन आउने पक्कापक्की भईसकेकोले समर्थकहरुमा उत्साह थपिएको उनले बताए l

 

प्रतिक्रिया